स्वच्छ खानेकुरा पाईने ठाउँको रुपमा चिनाउन जुम्लाका उद्योमीलाई तालिम
जुम्ला ः जुम्लाका उद्योमीलाई खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धी सम्बन्धी तालिम दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाको आयोजनामा चाउमिन उद्योगका संञ्चालक र फ्रेसहाउसका संञ्चालक बिच दुइदिने तालिम दिइएको हो ।
नागरिकको स्वाथ्य अबस्थालाई मध्यजनर गर्दै जुम्लाका उद्योमीलाई खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धी सम्बन्धी तालिम दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाका कार्यालय प्रमुख तथा खाद्यअनुसन्धान अधिकृत डाक्टर इश्वर सुवेदीले बताए । उनका अनुसार जुम्लाका उपभोक्ताको हकहितलाई लक्षित गरी एक नगरपालिका सहित जुम्लाका आठ वटा स्थानीयतहको सहभागीता हुने गरी चाउमिन उद्योग र फ्रेसहाउसलाई गुणस्तरका बारेमा सचेता दिइएको हो ।
प्रमुख सुवेदीले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले स्वास्थ्य भन्दा ठुलो केहि नहुने भएकाले उद्योमीहरुले स्वच्छ खाना खुवाउने कुरामा सचेत हुनुपर्ने बताए । उनले नजानेर, भ्रमपुर्ण कुराबाट र नियतवस अखाद्य पदार्थ बिक्रिवितरण हुने गरेको बताउँदै यस्ता समस्या सामाधानका लागि सबैमा चेतनाको विकास आबश्यक रहेको औल्याए ।
होटलब्यवसायले उद्योमीले बनाएका खानेकुरा लिने भएकाले उद्योग युणस्तर रहनका लागि स्वच्छ खानेकुरा बनाउन आवश्यक रहेको प्राविधिक साहयक भरत बहादुर रोकायाले बताए । उनले भने खाद्यस्वच्छता सम्बन्धी सचेत रहि जुम्लामा स्वच्छ खानेकुरा पाईने ठाउँको रुपमा चिनाउन आवश्यक रहेको बताए ।
‘ठाउँ जस्तो सुकै भएपनि, नागरिकको स्वाथ्यसंग जोडीउको बिषय भएकाले खानेकुरा स्वच्छ बनाउनु पर्छ भन्ने लक्ष्यका साथ यस्तो तलिम दिइएको हो । तालिममा खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धी तालि १० वटा फ्रेसहाउस र ६ वटा चाउमिन उद्योगलाई दिइएको थियो । तामिका सहभागीले अखाद्य बस्तु बिक्रिबितरण गर्ने प्रतिबद्धता गरेका छन ।








