सातौं उद्योग दिवस ः जुम्लाका दुइ उद्योमीलाई सम्मान

जुम्ला ‘स्वदेशी उद्यम र उत्पादन ः दिगो औद्योगिक पुनरुत्थान’ भन्ने नारा सहित सातौं उद्योग दिवसको अवसरमा जुम्लाका दुइ उद्योमीलाई सम्मान गरिएको छ । बोहरा फलफुल तथा ओखर उ्रद्योमीका संञ्चालक धर्मराज बोहरा र भाबि समाज भैसीपालन उद्योगका संञ्चालक बिष्णु धिताललाई सम्मान गरिएको हो । उद्योग परिषद् स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष सरकारकै अग्रसरतामा मंसिर ९ गते उद्योग दिवस मनाउने गरिएको छ ।

सरकारले नीतिगत रूपमा औद्योगिक विकासलाई तीव्रता दिने, औद्योगिकरणको माध्यमबाट रोजगारी सिर्जना गर्ने र आत्मानिर्भर अर्थतन्त्रको प्रवर्द्धन गरी जनताको जीवनस्तर उकास्ने आधार तयार गर्ने लक्ष्य अनुसार उकृत्ट उद्योमीलाई सम्मान गरिएको हो । सना लगानीका उद्योगलाई औद्योगिक विकासका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र औद्योगिक व्यवसाय ऐन जारी भएका छन् ।

तर, मुलुकमा उद्योमी भन्दा व्यापारीको संख्या बढेको छ । उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाका कार्यालय प्रमुख पदम न्यौपानेले प्रत्येक जुम्लाका आठ वटा स्थानीयतहका कृषि शाखालाई एक जना उत्कृष्ट उद्योमी छानोट गरी पठाउन अनुरोध गरिएको थियो । जसम चन्दननाथ र गुठीचौर बाहेक अरु स्थानीयतहले वेवास्ता गरेको बताए । उनले भने अरु स्थानीयतहले उत्कृष्ट उद्योमी छानोट गरी नठाएपछि दुइजनालाई मात्रै हौसला सोरुप सम्मान गरिएको हो ।

सम्बन्धित समाचार