महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु

 

जुम्ला ः महिला हिंसा विरुद्धको १६ दिने अभियाना सुरु भएको छ । ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ बिहिबार देखि यो अभियान सुरू भएको हो ।२०७५ साल मंसिर २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा मंसिरको ९ गतेदेखि २४ गतेसम्म सामाजिक सचेतनासहित लैंङ्गिक हिंसा विरुद्घको अभियान सञ्चालन गर्न

संघीय सरकारका मन्त्रालय तथा निकायहरु, ७ वटा प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, ७ सय ५३ स्थानीय तह एवं त्यसका वडाहरु सरोकारवाला निकायहरु, सामाजिक संघसंस्थाहरुलाई आह्वान गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार बिहिबार चन्दननाथ नगरपालिकाको महिला शाखाले पनि लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सञ्चालन गर्दै आएको छ ।

उक्त कर्याक्रमा नगरपालिका र जिल्ला प्रहरी कार्यालयले प्रहरी साझेदारी कार्याक्रम सहित र¥याली निकालिएको थियो । म हिंसा गदिन महिंसा सहदिन भन्ने प्रतिबद्धता समेत गरिएको छ ।

महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानूनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने जुम्लाका साहयक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले बताए ।उनले भने महिलाविरूद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा शुभकामना सन्देश समेत दिएका छन ।

अझै पनि महिलाहरूले कानूनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, तिलक, छुवाछूतजस्ता हिंसा, विभेद र अपमानजन्य पीडा खप्न बाध्य भएका छन । लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धतासहितको साझा प्रतिबद्धता जनाउँदै समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन चन्दननाथ नगरपालिकाले सबैमा आह्वान गरेको छ ।

सम्बन्धित समाचार