महिलाको आयआर्जनमा सघाउ पु¥याउन सामुहिक होम स्टे, संञ्चालन

जुम्ला ः जुम्लाको पातारसी गाउपालिकामा  गाउँपालिकाको पटमारा गाउमा सामुदायिक होम स्टे संञ्चालनमा छ । पटमारा गाउका न्युनआए भएको ६ जना महिलाले सामुहिक होम स्टे संञ्चालन गरेका हुन ।
यहाँको धार्मिक तथा सांस्कृतिक पर्यटनको जगेर्ना गरेर अघि बढ्ने लक्ष्य सहित सामुदायिक होस स्टे संञ्चालन गर्न खोजिएको कर्णाली हातेमालो सेवा समाज जुम्लाका कार्यकारी निर्देशक टेकवहादुर रावतले बताए । उनले भने महिलाको दैनिक संगजोडिएको बिषय भएकाले सामुदायिक होसस्टेले उनीहरको आर्थिक स्तर सुधार हुने छ । पातारासी गाउँपालिका, को पटमारा गाउ प्रकृतिक हिसाबले सुन्दर भएकाले सामुदायिक होमस्टे सञ्चालनमा आएको हो ।

स्थानीय ६जना महिलाले सञ्चालन गरेको उक्त सामुदायिक होमस्टे पर्यटकको आकर्षण बढाउने पहिलो लक्ष्य हो । सामुदायिक होम स्टेका अध्यक्ष राजकली रावत हातेमालो सेवा नेपालले होम स्टे संञ्चालनका लागी बिभिन्न तालिम गोष्ठी गर्दै आएको बताइन । उनले सुरुवाती चरण भएकाले होम स्टेगुणस्तर बनाउने काम गर्दै आएको बताए ।

सामुदायिक होस स्टेमा बस्ने पाउनले ‘स्वच्छ वातावरणसँगै होमस्टेको न्यानो स्वागत सत्कार, स्थानीय उत्पादनको स्वाद लिन पाउँने ब्यवस्था गर्न आबश्यक रहेको पातारासी गाउपालिकाको लासीमा संञ्चालन भएको एक दिने पर्यापर्यटन प्रबोधन तथा होमस्टे गोष्ठी प्रशिक्षक शंकर प्रसाद कोइरालाले बताए । उनले भने यो होम स्टे घरायसी वातावरणमा बस्न पाउँदा आफ्नै घरमा बसे झैं लाग्ने हुन पर्छ । होमस्टेमा घरायसी वातावरण संगै जुम्लाको खस संस्कृति र यहाको परम्परागत खाना परिकार खान पाइने हुनु पर्छ ।

‘होमस्टे समुदायकै भएकाले आएका पाहुनालाई विशेष जुम्लाकै समुदायकै परम्परागत खाना तथा परिकार खुवाउँनु पर्छ अनिमात्रै पाहुनाले रुचाउँछन्,’ प्रशिक्षक कोइरालाले भने ,होमस्टे सेवा मुखी र गुनस्तर भएको खण्डमा महिलाको दैनिकी संगै गाउँकै स्वरूप फेरिने बताउछन । उनले भने घरआगनको सरसफाइ र विभिन्न सजावटले गाउँघरकै रूप फेरिने खालका गतिबिधि गर्न अनुरोध गरे । सवैका घरआँगन सफा र वरीपरी हरियाली भएकाले गाउँ झन् सुन्दर देखीने भएका प्रर्यावरणमा ध्यान दिन जरुरी रहेको बताए ।

जुम्ला ‘ क्षेत्रमा जल, जमिन, जडीबुटी र पर्यटनको राम्रो सम्भावना छ। स्रोत,साधनको पर्याप्तता पनि छ। त्यसको लागि पर्यटन पूर्वाधार विकास अनिवार्य नै छ निर्देशक रावतले भने ,‘यो क्षेत्रमा बास बस्नको लागि होमस्टे बनेको भने प्रचारप्रसारण गर्न स्थानियतहले जरुरी छ । यहाँको सांस्कृतिक मनोरञ्जन लिने र रैथाने खान्की आएर पर्यटक फर्खाउनका लागी सामुदायिक होसस्टे आबश्यक छ।

 

सम्बन्धित समाचार