एमाले महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल, ७ सदस्यीय माइन्युट मण्डल गठन

काठमाडौँ । नेकपा एमालेले १० औं महाधिवेशनको लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । मंगलबार बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष मण्डल गठन गरेको हो ।

स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा अध्यक्ष मण्डल गठन गरेको हो । जसमा अध्यक्ष ओली, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल रहेका छन् ।

त्यस्तै महासचिव ईश्वर पोखरेल,स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा, सुवास नेम्वाङ,टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा तथा केन्द्रीय सदस्यबाट लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् । त्यस्तै स्थायी कमिटी बैठकले महाधिवेशनको माइन्युट उर्तान सात सदस्यीय माइन्युट मण्डल पनि गठन गरेको छ ।

जसमा सचिव पृथ्वीसुव्वा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा,ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । एमाले १०औं महाधिवेशन १० गतेदेखि चितवनमा सुरु हुँदैछ ।