सुडीगाउँका प्रत्येक घरमा खानेपानीका धारा निमार्ण
जुम्ला ः जुम्लाको तिला गाउँपालिका – ६ विकट बस्ती सुडीगाउँ निकै दुर्गम बस्ती हो । जहाँ अहिले पनि राष्ट्यि सडक सञ्जालमा जोडिएको छैन । त्यो क्षेत्रका नागरिकले दैनिक उपभोग्य बस्तुदेखि विकास निर्माणका सामग्री पिठ्यूमा र खच्चर बाटै बोकेर लिने गरेका छन । त्यो क्षेत्रमा उत्पादित बस्तु पनि पिठ्यूमै बोकेर राराको शेरी बजारमा विक्री वितरण गर्न ल्याउने गरेको पाइन्छ ।
अहिले प्रत्येक घरधुरीमा खानेपानी धारा जडान गरिएको तिला गाउँपालिका ६ सुडीगाउँ जुम्लाका स्थानीय गोरीकला रावलले बताइन । उनले भनिन ,अनुकुलन कोषको आर्थिक सहयोग, नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र बिश्व खाद्य कार्यक्रमको साझेदारी तथा साँझेदाररी सहयोग केन्द्र (पेस–नेपाल) जुम्लाले प्रत्येक घरमा खानेपानी धारा जडान गरेको हो ।
कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलबायु परिवर्तन द्वारा सिर्जित चुनोती अनुकूलन सम्बन्धी कार्यक्रम(क्याप्स कर्णाली परियोजना) अन्तरगत खानेपानी धारा जडान गरिएको हुन् । प्रत्येक घरधुरीका (क) र (ख) वर्गले ७९ दिन काम गरेर खानेपानी आयोजना निर्माण गरेका हुन् ।
तिला गाउँपालिका ६ सुडीगाउँ जुम्लाका स्थानीय धनबहादुर रावत,ले खानेपानी आयोजना निर्माण गरेबापत प्रत्येक घरधुरीका (क) र (ख) वर्गका प्रति घरधुरी .५७ हजार ६३२ रुपियाँ प्राप्त गरेको बताए । उनका अनुसार ९७ घरधुरीका नागरिकले ७९ दिन रोजगार पाउनुका साथ घरमै खानेपानीको सुविधा प्राप्त गरेका छन् । यो आयोजना सम्पन्न गर्न ८४ लाख ८५ हजार ५१७ रुपियाँ खर्च भएको पेस नेपाल जुम्लाले जनाएको छ ।








