सबै बालबालिकासम्म खोपको पहुँच पुर्याउने स्वास्थ्य मन्त्री खतिवडाको प्रतिबद्धता

हेटौंडा । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सबै बालबालिकासम्म कोरोना विरुद्धको खोप पुगाउने बताएका छन् । उनले १२ बर्षदेखि १८ बर्षम्मका बालबालिकालाई प्रदान गरिरहेको खोप सबै बालबालिकासम्म पगाउने बताएका छन् । आइतबार मकवानपुरको हेटौंडामा पत्रकारसंग कुराकानी गर्नेक्रममा उक्त कुरा बताएका हुन् । उनले सबै बालबालिकासम्म खोप पुग्ने वातावरण निर्माण गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको बताए ।

हालसम्म १२देखि १८ बर्ष उमेर भन्दा मुनिको बालबालिकालाई खोप दिने बारे विश्व स्वास्थ्य संगठनको प्रावधान नभएकाले निश्चित उमेर समुहका बालबालिकालाई खोपको सुनिश्चितता गरिएको उनले बताएका छन् ।

अब खोपको अभाव नागरिकले व्यहोर्नु नपर्ने स्वास्थ्य मन्त्री खतिवडाले उल्लेख गरेका छन् । सबैसम्म खोप पुग्न नसकेको देखिएको भन्दै उनले सबैसम्म खोपको पहुँच पुर्याउन सबैले सहयोग गर्न आग्रह गरेका छन् ।