छुई गोठ मुक्त अभियान जारी ः तिलाका १४ बस्ती छुइगोठ मुक्त


जुम्लाः तिलागाउपालिका र गैर सरकारी संस्था सर्वोदय नेपालसँगको समन्वयमा छुइगोठ मुक्त अभियान जारी रहेको छ्। समाजमा विकृतिका रुपमा जरा गाडेर बसेको छाउपडी प्रथा न्युनिकरणका लागि छ्ईगोठ मुक्त अभियान थालिएको हो। छाउपडि प्रथा महिलाको बृद्धि विकासको बाधक हो,‘ तिलागाउपालिकाका उपाअध्यक्ष तथा सामाजिक अभियन्ता बिष्णु बुढा भन्छिन्, ‘महिला सशक्तीकरण, लैङ्गीक समानता र विभेद न्युनिरकरणका लागि यो अभियान एक नमुना कार्य हो।’उनले भनिन , हालसम्म बस्ती, तिला गाउँपालिकाका १४ बस्ती छुइगोठ मुक्त भइसकेका छन । बाँकी बस्ती छाउगोठ मुक्त हुने क्रमजारी छ ।

सर्बोदय नेपाल र इटालियन फाउण्डेशनको सहयोगमा यहाँका बस्तीहरु छाउगोठ मुक्त हुदैछन ।स्थानीय सरकारसँग समन्वय गरेर छाउगोठ मुक्त अभियान तिब्र गतिमा अघि बढेको सर्बोदय नेपालका केन्द्रिय कार्याकारी निर्देशक धन बहादुर ऐरले बताए । उनले भने जुम्लाको तिला गाउँपालिकाले २०२१ सम्म पुरै गाउँपालिकालाई छाउगोठ मुक्त बनाइ सक्ने रणनिती तयार पारेअनुासर हाम्रो पनी सहयोग रहेको हो । उनले भने छाउपडी महिला माथीको हिंसात्मक रुपमा बल्झिएको छ । यो एउटा प्रक्रिया हो ।

त्यस्तै सर्बोदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमल खत्रीले छाउगोठ मुक्त बस्ती घोषणा गर्नको लागि महिनामा दुई पटक गाउँमा छलफल तथा सचेतनाका क्रियाकलाप हुने गरेका थिए ्। उनले भने ,प्रत्येक ३ महिनामा घरधुरी सर्वेक्षण र घरदैलो कार्यक्रम सञ्चालन गर्दै आएका कारण महिला दिदिबैनीमा परिवर्तन आएको बताए । उनले थपे त्यो समयमा छाउपडि बार्ने र नबार्ने संख्या एकिन हुने गर्छ। त्यसपछि गाउँ तथा बस्ती स्तरिय सामूहिक प्रतिबद्धता र हस्ताक्षर संकलन गरिन्छ। त्यो अवधीसम्म छाउपडि प्रथाका कारण महिलाले भोग्नु परेका समस्याका बारेमा जनचेतना अभिवृद्धिका कार्यक्रम भइरहेका छन ।

वडापालिका र गाउँपालिका स्तरिय समन्वयात्मक बैठक तथा अनुगमन गरेर मात्र छाउगोठ मुक्त बस्ती घोषणाको तयारी भएको हो । सरकारले छाउपडि उन्मुुलन निर्देशिका ल्याएपनि कार्यन्वयनमा आउन सकेको छैन। निर्देशिकाले अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना निर्धारण गरेको छ।

तर यो निर्देशिका गाउँसम्म पुग्न सकेको छैन।तिला ४ की सिर्जना शाही भन्छिन हाम्रो समाजमा छाउपडि प्रथाले हिंसा बढाइरहेको छ । उनले भनिन्, ‘महिला हिंसाको एक प्रमुख कारण छाउपडि प्रथा हो। यो न्युनिकरणका लागि सबै एकजुट भएका छौ । सर्बोदय नेपालका कार्यकारी निर्देशक कमलराज खत्री पछिल्लो समयमा छाउपडि प्रथाविरुद्ध महिला एक जुट हुँदै गइरहेको बताउँछन्। यो अभियान जुम्लाको तिलागाउपालिकाले मात्रै गरेर हुदैन,सबै स्थानीय तहले गर्न जरुरी छ । ं यस अघि महिला तथा बालबालिका कार्यालय छाउपडि प्रथाविरुद्धका क्रियाकलाप गर्दै आइराखेकोमा अहिले स्थानीय तहको महिला शाखाले यो कार्य गर्न जरुरी छ ।