पूर्वमन्त्री भण्डारीको स्थलगत अनुगमनले बाढी प्रभावित हर्षित


जुम्ला ः प्रदेशसभा सदस्य तथा पूर्व कानुनमन्त्री नरेश भण्डारी गत असोज ३१ कार्तिक २ सम्म जुम्लामा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रको अवलोकन गर्दै छन ।कर्णाली प्रदेशका सांसद तथा पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी बाढी प्रभावित क्षेत्र भेरीखोला क्षेत्रमा पुगेका हुन । उनले बाढीले पुगेको क्षतिको अवलोकन र बाढी प्रभावित नागरिकको अवस्थाको बारेमा जानकारी लिएका छन ।
भेरीखोला बासी नागरिकको पनी बाढीले घर,स्याउ नर्सरी,धानखेती,विद्युतको पावर हाउस,खेतियोग्य जमिन कटान गरेर लगेको थियो । त्यस्तै जुम्ला जाजरकोट जोड्ने सडक समेत बिभिन्न ठाउमा बगाएर लगेको थियो । जसका कारण अहिले पनी ताम्तीटोप्लाका नागरिकलाई आवतजावत गर्न कठिन भएको छ ।
अवलोकनका क्रममा पुर्वमन्त्री भण्डारीले बाढी पीडितलाइ राहत उपलब्ध गराउन पहल गर्ने बताए । उनले बिजुलीको क्षति भएको क्षेत्रमा वैकल्पीक व्यवस्थाबाट तत्काल बिजुली व्यवस्था गर्ने प्रतिबद्धता जनाएको नेकपा एमालेका नेता सुरतबहादुर शाहीले बताए ।
उनले अबिरल बर्षाका कारण उत्पन्न बाढी र पहिरोबाट तिला,तातोपानी गाउँपालिका टोप्ला हुदै जुम्ला जाजरकोटको सीमा क्षेत्र लगायतका विभिन्न स्थानमा भएको क्षतिको स्थलगत अवलोकन गरेका हुन ।

मन्त्री भण्डारीले सडक, विद्युत, घर, खेतीयोग्य जमिन, बालीनाली विद्युत नष्ट भएकाले राहत तथा पुनःस्थापना र पुनर्निर्माणको विशेष प्याकेज निर्माण गर्न जरूरी देखिएको बताए । उनले भने,‘बाढी पीडितले कष्टकर जीवन विताउनु परिरहेको छ ।
अब राहत तथा पुर्नः स्थापना र पुर्ननिर्माणको विशेष प्याकेज निर्माण गरेर बाढी प्रभावित समस्या संवोधन गर्न सबैको ध्यान केन्द्रीत हुन जरुरी छ । ’राष्ट्रिय प्रसारण लाइन तत्काल जडान गर्न विद्युत प्राधिकरण संग कुराकानी भइसकेको मन्त्री भण्डारीले बताए । वैकल्पीक उर्जाबाट पनि तत्काल विद्युत आपुति गर्न पहल भइरहेकोमा जोड दिए ।

पूर्वमन्त्री भण्डारीले कार्तिक २ गते भेरी तथा गिरी खोलामा आएको बाढीले तिला गाउँपालिका ४ जुम्लाको साँपुल्ली, रावतवाडा, नुवाकोट गाउँ र तातोपानी गाउँपालिका ४ को गिरीखोला, नियापानी, ठाँटा, हाँकु गाउँ, ७ र ८ नं.वडाको सर्मी, सुर्की, ताम्ती, बारागाउँ, बंतडी र टोप्लाको धानबाली, खेतीयोग्य जमीन, सडक, पुल, स्याउ बँगैचा, विद्युत गृह, खानेपानी, स्थानीय घट्टलगायतमा पुर्याएको क्षतिको अवलोकन गर्नुभएको हो ।

जाजरकोट जोड्ने सडकको सीमा क्षेत्रसम्म स्थलगत अनुगमन गर्नुभएका मन्त्री भण्डारीले टोप्ला गाउँ अन्धकार भएकोले तत्काल जेनेरेटरको व्यवस्था गर्ने र अन्य गाउँहरुका लागि राष्ट्रिय प्रसारण लाईन जोड्न नेपाल विद्युत प्राधिकरणसँग पहल गर्ने जानकारी दिनुभयो । बाढीले पुगेको क्षतिको अवलोकन गर्नुका साथै विपद् प्रभावित नागरिकको अवस्था बुझिएको बताए ।
अवलोकनका क्रममा पूर्वमन्त्री भण्डारीले बाढी पीडितलाइ राहत उपलब्ध गराउनुको साथै दीर्घकालीन समस्या समाधानका लागि यसअघि नै कर्णाली प्रदेश सरकारलाई मागपत्रसहित ध्यानाकर्षण गरिएको जनाउनुभयो । सडक, विद्युत, घर, खेतीयोग्य जमीनको कटान, बालीनाली, विद्युत नष्ट भएकाले राहत तथा पुनःस्थापना र पुनः निर्माणको विशेष प्याकेज कार्यक्रम आवश्यक रहेको उनको भनाई थियो ।
विपद् पीडित तातोपानी गाउँपालिका ८ जुम्लाका धनबहादुर शाहीले आफ्नो दुःखमा अभिभावक बन्दिन जनप्रतिनिधि तथा सरकारलाई आग्रह गरे ।

थारमारे बेलोरी सडकको अनुगमन
त्यस्तै पूर्वमन्त्री भण्डारीले आजै तातोपानी गाउँपालिकाको रु.एक करोड, प्रदेश सरकारअन्तरगत आफ्नै सांसद विकास कोषको रु.४५ लाखमा निर्माणाधिन तातोपानी सिंजा गाउँपालिका जोड्ने थारमारे बिलौरी कृषि ग्रामीण सडकको समेत अनुगमन गरे । उक्त सडक अनुगमनको क्रममा उहाँले तातोपानी र सिंजा जोड्ने थारमारे बेलौरी सडकले ऐतिहासिक, साँस्कृतिक, धार्मिकरुपले सम्पन्न दुवै गाउँपालिकाको दूरीमा कमी आउने बताए ।
तातोपानी गाउँपालिका ५ लाम्रा श्रीनगर, बयालकाटिय गाउँ हुँदै मध्य सिंजाको जोडु भाडगाउँ जोड्ने १५ किलोमिटर सडक निर्माण कार्य ४०० मिटर मात्र बाँकी रहेको उक्त गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए । अध्यक्ष न्यौपानेका अनुसार उक्त सडक निर्माण भएमा सिंजालीवासीलाई करिब २० किलोमिटर दूरी कम हुनेछ

सम्बन्धित समाचार