छाउपडी प्रथा, बिरुद्ध लड्दै जुम्ली महिला

जुम्ला ः पछिल्लो समयमा जुम्लाका महिला छाउपडी बिरुद्धको कुरीति संग लडन थालेका छन । उनीहरु वषौ देखी जरागाडेर बसेको छाउपडी ,बालविवाहा , बोक्सी प्रथा जस्ता कुरीति संग लड्न थालेका हुन ।जसको उदारण हुन तिलागाउपालिका २ लिहीगाउकी बैशागी सार्की , उनि छाउपडी विरुद्धको अभियानमा लागेको लामो समय भयो ,उनको अभियान निरन्तर अहिले पनी जारी छ । उनले भनिन् महिनावारी हुदा गोठमा बस्दा स्वास्थ्यमा पर्ने असरका बारेमा पहिले थाहा थिएन । जनयुद्धको समयमा घरमा बस्नु पर्छ भनेर आमोबादीले दवाब दियो । तेतिबेला डरले भएपछि घरमा बसे । त्यो आमोबादीले दवाब दिएको भयो पछि मेरालागी प्ररेणा बन्यो । त्यस पछि महिनावारी हुदा आफु पनी गोठमा बसिन र आफ्नो घरका छ छोरी बुहारीलाइ पनि बस्न दिइन ।

बैशागीले थपिन , झन यस पटक तिलागाउपालिका र सर्वोदय नेपालले छुइगोठमुत्त कार्यक्रम ल्यायो झन खुषि लागेर यसको अगुवा गर्ने अवसर पाए । गाउगाउमा सचेताना दिने काम भएको छ । उनी भन्छीन महिले छाउपडी बिरुद्धको अभियानमा अगुवाइ गरे । मलाई यस पालिकाले सम्मान गरेको छ । मेरोलागी यो अरु थप काम गर्ने उर्जा थपेको छ । अब सबै संग मिलेर बालविवाहाले जीवनमा भोग्नु पर्ने समस्याका बारेमा सचेतना दिने काम गर्ने छु ।

यसका लागी म महिनामा एक दिन बालविवाह जस्ता समाजमा हुने सबै प्रकारका कुरीति अन्त्य गर्नकै लागि गाउठाउमा जाने गरेकी छु । उनले भनिन, अझै पनि गाउँगाउमा कुरीतिका कारण हिंसा फैलंदो अवस्थामा छ। समाज परिवर्तित गर्नका लागी समयको वेगसंगै हाम्रो मानसिकतामा पनि परिवर्तन गर्न जरुरी छ। जब सम्म हामी महिलाले समाजले जन्माएका नकरात्मक पाटा तथा अलेखित कानुन पन्छाउन सक्दैनौ तब सम्म हामी माथीको हिंसा न्युनिकरण हुने देखीदैन ।
कुरीतिविरुद्धको अभियान चलाउदै महिला

बैशागी एक उदाहरण मात्र हुन्। अहिले तिला गाउँपालिकामा उनी जस्तै धेरै महिला बिभिन्न समूह बनाएर कुरीतिविरुद्धको अभियान नै चलाउदै आएका छन्। पहिले चुलो चौखोमा सिमित हुने महिला अहिले अन्यायपूर्ण क्रियाकलापका विरुद्धमा आवाज उठाउन थालेका छन ।
गाउँमा सभा सम्मेलन हुँदा परिचय दिन कठिन हुन्थ्यो, तिलाकी कार्यपालिका सदस्य बाटु ुबुढा पनी , अहिले निर्धक्क भएर समाजमा भएका कुरीत बिरुद्ध लड्न सक्ने भएकी छन । उनी समूहमा नियमित बैठक बसल्छिन ँ। यहाँका महिलाको अहिले साहस बढेको बताइन ।’महिला सक्रिय हुने हो भने गाउँभित्र हुने विकृतिजन्य क्रियाकलाप हट्दै जान थालेका छन् । महिला एक जुट हुन जरुरी छ । एकता नै बल हो भन्ने सन्देश प्रवाह गर्न हामी महिलाले आबश्यक छ । , बुढा भन्छिन्,‘पुरुष प्रधान समाज महिलाको एकताले झस्किदै जान थालेको छ।’
अन्यायका बारेमा वकालत गर्दै

महिला पुरुषले महिला माथि गर्ने अन्यायका बारेमा मात्र वकालत गर्न सक्नु पर्छ ्। रारालही गाउकी दुर्गा बुढाले भनिन, महिलाले महिला माथि गर्ने अन्यायको बारेमा समेत आवाज उठाउने छौ ्। ्पुरुषबाट अधिकाँस महिला हिंसामा परेका छन्। अब हामी महिला पुरुष दुबैलाई हुने अन्यायका बारेमा बोल्न थाल्ने छौँ। कसैलाई न्याय दिने सवालमा अन्यायमा पर्न दिँदैनौं।’ यो हाम्रो साझा प्रतिबद्धता हो , बुढाले भनिन,महिलाले गाउँमा बालविवाह, बहुविवाह रोक्न थालेका छन्। घरेलुहिंसा गर्न हुँदैन भनेर गाउँमा छलफल गर्न थालेका छौ ्। उनले भनिन्,‘घरेलुहिंसाको बारेमा न्यायिक निकायामा उजुरी गर्न सक्ने भइसकेका छौँ।’
 महिला शसक्तिकरणको बारेमा छलफल

महिला हिंसामा पर्ने कुरा आर्थिक अभावका कारण पनि हो । आर्थिक रुपमा बलियो नभएका कारण पुरुषले बहुविवाह गर्ने गरेका छन । गाउँमा हुने सबै प्रकारका विवादको निरुपण समेत महिलाले गर्न थालेको तिला गाउपालिकाका उपाध्यक्ष बिष्णु बुढा बताउछिन्। उनले भनिन्  हामी महिला आफ्नो घरायसी काम त्यागेर भएपनि सामाजिक कार्यमा अग्रसर हुन थाल्नु पर्छ । चुलो चौखोमा सिमित हुदा हिंसा बढ्यो ,यो संगै गाउँमा हुने विकास निर्माणका क्रियाकलापमा समेत सक्रिय सहभागिता जनाउन महिलाले थालेका छन ्। यो तिलागाउपालिका र सर्वोदय नेपालको उपलब्धी हो उनले भनिन् ,“

पछिल्लो समयमा यहाँका महिला अधिकार खोज्ने अभियानमा सक्रिय हुन  थालेका  छन  । उनले भने जबसम्म सम्पत्तिमाथि महिलाको समान हक हुँदैन। तबसम्म महिलाले शान्तिको अनुभूति गर्न पाउने छैनन्। हरेक दिन १५ घण्टा काममा खटिने महिला एक दिन समाजको लागि छुट्याउन थालेका छन्। आयआर्जनका क्रियाकलाप प्रत्यक्ष संलग्न हुन थालेका छन्।’
यस तिला गाउपालिकाले महिलाको लागी उदाहरणीय कार्य गर्न खोजेको हो तिला गाउँपालिकाकी उपाध्यक्ष महिला नेतृ बिष्णु बुढाले बताइन्।

उनले भनिन्,‘ महिलाको क्षामताबिकास नै गाउँको विकासमा हो । महिलाले गरेको कार्यको जति प्रशंसा गरेपनि पुग्दैन। त्यो एक नमुना काम हो।’ उनले भनिन , कर्णाली जस्तो दुर्गम क्षेत्रका महिलाले राज्यलाई चुनौति दिने खालको काम गर्नु कम चुनौतिको विषय होइन। यहाँको महिलाको क्षमता अभिबृद्धिमा स्थानीय सरकारले ध्यान दिनुपर्छ।’गाउँपालिकामा महिलाह नेतृ आएपछि हक अधिकारका विषयमा छलफर्ल पटक पटक भएका छन ।

त्यस्तै यो प्रथालाई समाजबाट अन्त्य गर्ने अभियानमा जुट्न हामी सबैको सहकार्य आबश्यक छ । स्थानीय सरकार गठन भएदेखी यहाँका सामाजिक संघसंस्था मिलेर महिला तथा धामी झाँक्रीलाई चेतना फैलाउँदै गाउँलाई छुई गोठमुक्त गर्ने अभियानमा जुटेको तिला गाउँपालिकाका अअध्यक्ष रतन नाथ योगीले बताए । उनले भने गाउँपालिकाको आयोजना तथा सर्वाेदय नेपाल जुम्लाको आर्थिक समन्वयमा महिनावारी भएको अवस्थामा छुई गोठमा नबस्ने भन्दै सामूहिक रूपमा प्रतिबद्धतापत्रमा हस्ताक्षर गराई छुई गोठमुक्त गाउँ घोषणा गरिएको छ ।

हामी सुरक्षित बस भनेका छौ । महिला महिनावारी भएको हामीलाई थाहा हुदैन , भनेर विगतका दुइ वर्ष देखी वर्ष देखी महिनावारीको समयमा गोठमा बस्ने चलन धमाधम मानसिक रूपमै भत्किन थालेको सर्वोदय नेपालका कार्यकारी निर्देशक कमल खत्रीले बताए ।
उनले भने सुरु सुरुमा गाउँका धामीझाँक्री र धार्मिक आस्थावान व्याक्ति हरुको तारो बनिन् छाउ हुँदा घरभित्र बसे देवीदेवता लागेर अनिष्ट हुन्छ भन्ने डरका कारण सो गाउँका अरु महिलाले पनि घरमा बस्ने आँट गर्न सकिनन् । तर अहिले सबै घर बस्न थालेका छन । ,“छुईगोठ मुक्त गर्न बाधक बन्ने धामीझाँक्रीलाई सम्झाई बुझाई गरि उनिहरुकै घरबाट छुई भएका महिलालाई घरमै बसाल्न थालेपछि अहिले सिंगो गाउँनै छुईगोठ मुक्त भएको उनको भनाइ छ ।

सम्बन्धित समाचार