दृष्टिविहिन विद्यार्थीले पाएनन् ब्रेल पाठ्यपुस्तक


जुम्ला ः दृष्टिविहिन विद्यार्थीले ब्रेल पाठ्यपुस्तक पाएका छैन । जुम्लाको सिञ्जा गाउँपालिकामा अवस्थित श्री भैरब माध्यामिक विद्यालयमा अध्यायनरत्त कक्षा ११ र १२ का विद्यार्थीको ब्रेल पाठ्यपुस्तक नपाएका हुन ।दृष्टिविहिन विद्यार्थीका लागि समयमै ब्रेल पाठ्यपुस्तक नपुग्दा उनीहरुको पठनपाठनमा समस्या भएको छ ।
कात्तिकको महिना वित्ना लाग्दा सक्दा समेत पाठ्यपुस्तक नआएकोले समस्या भएको कक्षा १२ मा अध्यनरत विद्यार्थी धर्मलाल प्याकुरेलले बताए । उनका अनुसार अन्य कक्षाको आएको छ । कक्षा ११ र १२ को नआएकाले पढाईमा समेत प्रभाविति भएको स्रोत शिक्षक दत्तबहादुर बुढाले बताए । उनका अनुसार कक्षा ११ को आईनपुगेको र कक्षा १२ को ब्रेल पाठ्यपुस्तक नछापिएको भन्ने खबर आएको बताए ।
दृष्टिविहिनहरुको अध्ययनका लागि एक मात्र बढि साहारा हुने ब्रेल पाठयपुस्तक समयमै नआउने ब्याथा यो पटक फेरी दोहोरिएको छ । यस बर्ष कोरोनाका कारण समयमै अन्य विद्यालयमा समेत पाठ्यपुस्तक जान ढिलाई भएपछि जिल्ला विपत व्यवस्थापन समितिले सवै विद्याथीको हातमा पाठ्यपुस्तक पुरयाउने निर्णय समेत गरेको थियो ।

सामान्य तया गत बर्ष छापिएको कक्षा ११ पाठ्यपुस्तक अहिले सम्म आउन सकेको छैन् । हामीले गत बर्ष पनि साथीहरुको फोन र समन्वयको भरमा अध्ययन गरेका थियौ । अहिले पनि पाठ्यपुस्तक नआएकोमा समस्या भएको छ ।स्रोत शिक्षक दत्तबहादुर बुढाले अनुसार कक्षा १० सम्मका प्राप्त भईसकेका र ११,१२ कक्षाका नपाईएको बताए ।
लामो समयदेखी नेपाल नेत्रहिन संघ र नेपाल दृष्टि कल्याण संघले पाठ्यपुस्तक छापिरहेका छन् । तर यो बर्ष ११ र १२ को पाठ्यपुस्तक छाप्ने कार्यक्रम नरहेको जानकारी दिनुभयो ।

नेपाल नेत्रहिन संघका पूर्व अध्यक्ष नरबहादुर लिम्बुले यस बर्ष कक्षा ११ र १२ को कार्यक्रम सरकारले नराखेको गुनासो गरे । । उनले भने पाठ्यपुस्तककै नछापिएकाले देशभरका ११ र १२ कक्षाका विद्याथीहरु अन्यौलमा भएका छन् ।नेपाल सरकारले कक्षा १० सम्म मात्रै ब्रेल पाठ्यपुस्तक छाप्ने योजना अगाडि बढाएको बताएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्र समावेशी शाखाका उपसचिव दिब्या दवाडीका अनुसार सरकारले ११ र १२ को पाठ्यपुस्तक हाल सम्म छाप्ने योजना नगरेको जानकारी दिए ।

सम्बन्धित समाचार