जुम्लामा लोक दोहोरी गित प्रतियोगिता ः २२ वटा टिमको प्रतिस्पर्धा
जुम्ला ः जुम्लामा लोक दोहोरी गित प्रतियोगिता भएको छ ।रााष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जुम्लाले शुभदिपावलि तथा छठपर्वको अवसरमा लोक तथा दोहोरी प्रतियोगिता गरेको हो ।स्थानीय कलाको संरक्षण र प्रवद्र्धन गर्नको लागि पहिलो पटक प्रतियोगिता गरिएको छ । गाउठाउमा प्रतिभा भयर पनी ओझेलमा परेका कलाकारका लागी यो महत्वुर्ण अवसर भएको छ । रााष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जुम्लाले लुकेका प्रतिभाको खोजि गर्न खोजिएको हो । यस्ता कार्याले यहाको संस्कृती स्ंरक्षण हुने र जुम्लाका कलाकाहरुको पहिचान हुने अपेक्षा गरिएको छ ।
जुम्लामा पहिलो पटक भएको दोहोरी प्रतियोगीतामा १२ वटा पुरुषको टिम र १० वटा महिलाको टीम गरी जम्मा २२ वटा टिमले सहभागी छन् । १६ गते देखी १८ गते सम्म संञ्चालन हुने छ । दोहोरी प्रतियोगिताका लागि जिल्लाका बिभिन्न स्थानीय तहहरु प्रयोेजक भएका छन् । नव प्रतिभाको पहिचान हुनुका साथै लोक संस्कृति पहिचानमा सहयोग पुग्ने भएको छ । लोक संस्कृित जगेर्ना गर्नको लागि सबै एकजुट हुनु पर्ने आश्यब छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जुम्लाका अध्यक्ष कर्ण बुढ्थापाले जुम्लाका कलाहरुको पहिचान हुन नसकेको बताए । प्रतिभा भएका कलाकारहरु छायामा परेको उनको भनाइ छ । संगित प्रेमिका लागि अवसरका खाँचो रहेको छ।








