जुम्लामा काँग्रेस– मजदुर पाटी छाड्नेको लर्को

जुम्ला ः जुम्लाको हिमा गाउपालिकामा विभिन्न पार्टी परित्याग गरी माओबादी केन्द्रमा प्रवेश गर्नेको लर्को लागेको छ । नेकपा माओबादी केन्द्र हिमा गाउपालिका कमिटिले आयोजना गरेको कार्यक्रमा हिमागाउपालिका वडा नम्वर तिन मफ्लाका १२ घर र वडा नम्वर एक बड्कीका १४ घर गरी २४ घर नेपाली काँग्रेस र नेपाल मजदुर किसानपाटी परित्याक गरी माओबादी केन्द्रमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुलाई नेकपा माओबादी केन्द्रको गाउपालिका कमिटी स्वागत गरेको छ । बिभिन्न पाटी परित्याग गरी सबै जनाले माओवादी केन्द्र बिचार सिद्धानतलाई आत्मासाथ गर्दै अगाडी बढ्ने बताएका छन । नवप्रवेशीलाई गाउँपालिका कमिटीले भब्यरुपमा स्वागत गरेको अनेरास्ववियु क्रान्तीकारीका केन्द्रीय सदस्य रमेश शाहीले बताए ।

सम्बन्धित समाचार