जुम्लाको रैथाने उत्पादनलाई बढुवा दिदै चन्दननाथ सहकारी

जुम्लाः बचत तथा ऋण लगनाीको क्षेत्रमा काम गर्दै आएको चन्दननाथ बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले जुम्लामा अर्गानिक मिनिमार्केट खोलेको छ । वित्तिय कारोबारमा कर्णालीकै अब्बल बन्दै गएको यस सहकारीले जुम्लाको ‘रैथाने ,बालीको उत्पादनलाई बढवा दिनका लागी चन्दननाथ अर्गानिक मिनिमार्केट सुपत पसल खोलेको हो ।
जुम्लामा उत्पादन हुने अर्गानिक अन्नबाली स्याउ, सिमि, आलु, मकै, कोदो, फापर, मार्सी धान , ओखर ,टिमुर चिनो ,कागुनो , स्याउ , घिउ ,मह ,लगायतका रैथाने बस्तुको उत्पादन बढाउने उद्देश्यले अर्गानिक मनि मार्केट सुपत पसल खोलेको सहकारीका कार्यकारी ब्यवस्थापक ऋषिराम पाण्डेले बताए । उनले भने यस वर्ष अशोसमा भएको अविरल वर्षले मार्सी उत्पादनमा क्षेती भएको छ ।

सार्सी पछिको पछिको प्रमुख नगदेबालीका रुपमा रहेको सिमि रहेको पाइन्छ । पाण्डेले भने,सिजनमै कालो सिम प्रतिकेजी एक सय ८० रुपैया छ । रातो सिमि १सय ६० , सिस्कट सिमी पसय १६० रुपैयामा बिक्रि गर्ने गरेको छ । जुम्लाको परिचित मार्सी धानको चामल १६० किलोमा बिक्रि गर्दै आएको छ ।

यस वर्ष यस हकारी संस्थाले ५० लाखबराबरको मार्सी धानर सिमी खरिद गर्ने भएको छ । ३० हजार ओखर खरिद गरिएको छ । उनले भने चन्दनाथ सहकारीले संञ्चालन गरेको अर्गानिक मनि मार्केट सुपत पसल बाट दैनिक एक लाख बराबारको अगार्निक बस्तु बिक्रि हुने गरेको छ।सहकारी जुम्लामा उत्पादन हुने रैथाने बस्तु गाउगाउँमा रहेका आफ्ना सदस्यहरुबाट संकलन गर्ने गरेको छ ।ब्यवस्थापक पाण्डे चन्दनाथ सहकारीले बचत उठाउदा नगद मात्रै लिने गरेको छैन सदस्यहरुको सहजताको लागी सिमि ,चामल ,फापरजस्ता अर्गानिक बस्तु पनि लिने गरेको छ । प्राय गरी सिमी चामल संग पनी बचत साट्ने गरिएको छ । उनले भने यो पसल जुम्लाको उत्पादनलाई प्रथामिकता दिएर गरिएको हो । यसले गर्दा उत्पदन गर्ने किसानलाई बजारिकरणको चिन्ता हुने छैन । अब गाउगाउँमा चन्दननाथ सहकारी पुगेर आफै खरिद गर्ने छ ।

पाण्डे भन्छन“,जुम्लाको अर्गानिक उत्पादन गर्ने किसानको लागी यस सहकारीले २० हजार बराबार अनुदान दिने गरेको छ । तर यो २० हजारको पैसिाको सहकारीले ब्याज माग्ने गरेको छैन । उनिहरुले अहिले चलाउछन पछि यहाको अर्गानिक उत्पादनगरेर २० हजार बराबरको बस्तु दिने गरेका छन । उनले भने यस हसकारीका जुम्लामा मात्रै १८ हजार जुम्म सदस्य छन। जसमध्य १२ हजार गाउमा छन् गाउमा भएका १२हजार सदस्यको उत्पादन यससहकारीले आफै लिनेगरेको छ ।

सहकारीको यो कार्याले उत्पादनगर्ने किसानलाई बजारीकरणको कुनै समस्या छैन । चन्दनाथ सहकारीले जुम्ला उत्पादिनत रैथाने बाली मात्रै नभइ राडी ,पाखी लिउ, उनबाट बनाइएका सुइटर, कोटको कपडा, खराएका टोपी लगाय सम्पुर्ण समाग्रीहरुको ब्यवस्था गरेको छ ।
यसले गर्दा जुम्लाबजारमा रहेको चन्दननाथ र भैरबथानको मन्दिरमा दर्शन गर्न आउने पर्यटकलाई समेत जुम्लाको अगार्निक कोशेली लिन सहज भएको छ । अहिले त्यहाको समान लिन भैरवा , बुटोल, लगायत क्षेत्रका पर्यटक बढी आउने गरेका छन ।सहकारीलाई देशव्यापी रुपमा कार्य क्षेत्र विस्तार गरिने सस्थाको आगामी रणनीति समेत सहकारीले जनाएको छ ।सस्थाका सदस्यलाई उद्यमी बनाउने, महिला शसक्तिकरणका कार्यक्रम चलाउने, समग्र रुपमा स्वास्थ्य, शिक्षा, कृषि रोजगारीका क्षेत्रमा सहकारीले आवश्यक लगानी गर्दै आएको समेत पाण्डेको भनाई छ ।

 

सम्बन्धित समाचार