सिमकोटसम्म सडक पुर्‍याउने जिम्मा सेनालाई

दुल्ली कुनादेखि लालीबगरसम्मको सडक निर्माण सेनालाई दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ : सरकारले कर्णाली करिडोरको हुम्ला खण्डको सडक बनाउने जिम्मा सेनालाई दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कर्णाली करिडोर अन्तर्गत हुम्ला खण्डको दुल्ली कुनादेखि लालीबगरसम्मको सात किलोमिटर सडक निर्माण कार्यको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको सरकारका पवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यो सडक निर्माण हुनेवित्तिकै हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ । कर्णाली राजमार्ग निर्माणदेखि अहिलेसम्म सडक नपुगेको हुम्लाको सिमकोटसम्म सडक पुर्याउने जिम्मा फेरि पनि नेपाली सेनाले पाएको छ ।