जुम्लामा संविधान दिवस ःमहिनौँ देखी थुप्रीएको फहोर उठाइयो

जुम्ला ःमहिनौ देखी चन्दननाथ नगरपालिकाले नठायको फोहोर संविधान दिवसको रुपमा उठाइएको छ। जुम्लाको मुकाम खलंगा अर्थात चन्दननाथ नगरपालिका भित्रका बजार क्षेत्रमा फोहोर थकिन्एको महिनौ बितेको थियो।यहाँको चन्दननाथ नगरपालिकाले सरसफाई तथा फोहोर संकलन गर्नुपर्ने हो । तर लामो समयदेखि फोहोर नठाएर बजार दुर्गन्धित भएपछि संविधान दिवसकै दिन फोहोर उठाएर सरसफाई गरि दिवस मनाइएको हो।संविधान दिवसको अवसर पारेर,सरकारी तथा गैर सरकारी निकायका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाज, उ्रद्योग बाणिज्य संघलगायतका प्रतिनिधिहरु भेला भएर सरसफाई गरिएको हो ।नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतका अनुसार जनप्रतिनिधिले चुनावका बेलामा निकै राम्रा नारा ल्याएर आएका हुन् । उनले भने अहिले त्यही आफैले घोषणा गरेका नारा कार्यान्वयन नहुदा असफल भईसकेका छन् ।

अरु गाउँ घरका कुरा नगरौँ यही बजार क्षेत्र पनि सधै सेना प्रहरीले सरसफाई गर्नु परेको अबस्था छ । यो दुखद पक्ष हो । फोहोर व्यवस्थापनको दीर्घकालिन योजना नहुदा यस्तो समस्या झेल्नु परेको हो ।यो नगरपालिकाको कर्तव्य र दायित्व हो । फोहोर उत्पादन कर्ताबाट राजश्व कर संकलन पनि गर्ने र नगरपालिकाले नियमित रुपमा फोहोर उठाएर व्यवस्थापन गर्नु पर्दछ उनले भने । चन्दननाथ नगरपालिका वातावरण तथा सरसफाई शाखा प्रमुख नायव सुव्बा लक्ष्मीचन्द्र न्यौपानेकाअनुसार डम्पीङ साइडको व्यवस्थापन नभएकोले नियमित रुपमा बजारको फोहोर नउठेको हो । उनले भने फोहोर व्यवस्थापनको दीर्घकालिन व्यवस्थापन योजना बनाएका छौँ । अब नियमित रुपमा फोहोर संकलन गरिने छ ।
नियमित नभएपनि बेला बेला नगरपालिका फोहोर उठाउने गरेको छ । तर फोहोर उठाए बापत कर लिएको छैन । अब कर पनि लिने तयारी गरेको उनले बताए ।संविधान दिवसको अवसरमा धार्मिक तथा पर्यटन क्षेत्र सरसफाई गर्नु भन्ने परिपत्र आएको सरसफाई गरी दिवस मनाएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले बताईन् ।उनले भनिन् नगर सरसफाई तथा फोहोर संकलन गर्ने नगरपालिकाकै दायित्व र जिम्मेवारी हो । यसमा नागरिक पनि उत्तिकै जिम्मेवार हुनु पर्दछ । आफ्नो घर आगनबाट उत्पादन भएको फोहोर आफै व्यवस्थापन गर्ने । फोहोरबाट मल बनाएर कृषिमा प्रयोग गर्ने गर्नुपर्दछ ।

जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले डम्पीङ साइडमा बाटो (सडक) पु¥याउनकै लागि भनेर धेरै बजेट खर्च भएको देखिन्छ । तर फोहोर व्यवस्थापन हुने नगरेको बताए । उनले भने बजेट पनि नरहने फोहोर पनि व्यवस्थापन नहुने भन्ने हुन्छ । सवै आ आफ्नो जिम्मेवारबाट पञ्छिने प्रबृत्तिले जुम्ला बजारमा दुगन्दीत बनेको अवस्था हो । नगरपालिकालाई पटकपटक फोहर हटाउन आग्रह गर्र्दै आउँदा पनि सुनुवाई नभएको स्थानीयवासी गुनासो छ । बजारनै फोहर फाल्ने डम्पिङ साइडजस्तै बनेको छ । नगरपालिकाले दैनिक फोहर सङ्कलन गरेर बजारलाई सफा बनाउने काम गर्नु पर्ने भएपनि डम्पीङ साइडको बहानामा आफनो जिम्मेवारी बाट पञ्चिनेकाम काम गर्दै आएको छ