डोजर आतंकले बढाएको जोखिम,आँगनमा चाहिने सुविधाले जनधनको क्षती हुदै


जुम्लाः जुम्लाको ऐपोर्ट हुदै उर्थुचौतारा जाने सडक खण्डको माथिल्लो रानारावत गाउका १२ घर जोखीममा छन । प्राविधिक अध्ययन विनानै जथाभावी खनिएको सडक सडकले यस्तो अबवस्था निम्त्यिाएको हो ।यो त एउटा उदाहरण मात्रै हो । जुम्लाका बिभिन्न ठाउमा बर्षा सुरु भएसँगै वाढी र पहिरोले ठूलो धनजनको क्षति गरिरहेको छ । गाउँ–गाउँमा प्राविधिक बिनै खनिएका सडकले यतिबेला सर्वसाधारणलाई सास्ती दिइरहेको छ ।
हिमाली जिल्ला जुम्लामा जताभावी डोजर र स्काभेटरबाट सडक निर्माण गर्दा पहिरोको जोखिम बढेको चन्दननाथ नगरपालिका एक वडाका स्थानिय अमृत कृष्ण आचार्यले बताए । उनले भने ,यसैपनि हिमाली क्षेत्रमा कमजोर भूबनोट त्यसमाथीपनि जमिन नै हलचल गराउनेगरी विना अध्ययन, योजना डोजर आतंक । उनले भने ,“माथी रानारावत गाउ भन्दा माथी गाउनै छैनन । तर जुम्ला केही मन्त्री र नेता ,कार्यता जस्ता ठुलाबढाको स्याउको बगैचामा सडक पुर्याउने होडबाजीले सडक निर्माण गरिरएको छ । जसको परिणाम भिडालो जमिनमा डोजर तथा स्काभेटर चलाउँदाको असर मनसुन सक्रिय भएसँगै देखिएको छ । जुम्लाको माथी राणा रावत गाउबाट जंगल लगिएको सडकको नाममा गरिएको विकासले न भूगोलको अध्ययन भयो न त प्राविधिक रुपमै नापजाँच नै भयो । जताबाट घुमाएपनि सडक घरकै आँगनमा पुर्याउनुपर्छ भन्ने मानसिकताका कारण थप जटिलता पैदा भएको छ ।

जसका कारण उर्थु चौतारा सडक खण्डको माथी राना रावतगाउ भन्ने ठाउको जमिन माथीदेखी भाँसीदा ठिन्केजल विधुत आयोजनाको कुलो भत्काउदा चन्दननाथ नगरपालिएकाको १ देखी ५ वडा सम्मको बिधुत सेवा एक महिना देखी अबरुद्ध भएको ठिन्केजल विधुत आयोजनाका अध्यक्ष बिष्णु बहादृर बुढ्थापाले बताए । उनले भने यस वर्ष वर्षात धेरै भयो । भिरालो र पानीका मुहान भएको जमिन सडक खन्दा ठाउठाउमा चर्किएको छ । सडक भाँसिदा ५ वडाका नागरिकले भति बाल्न पाएका छैनन । भने , उर्थुचौतारा जाने सडक खण्डको माथिल्लो रानारावत गाउका १२ घर परिवारको खाने पनी टंयाड्ढी समेत बाढी पस्दा पानी खान पाएका छैनन । त्यही चर्किएको ठाउमा सडकको पानी पस्दा बिधुत सेवा अबरुद्ध भएको छ । जलबिधुत समितीका अध्यक्ष्य बुढथापाले उनले भने , यो बत्तीको कुलो ३५ मिटर सम्म भत्कीएको छ । यसलाई बनाउन समय लाग्न सक्छ । तर यो बनायर पनी दिगोभने हुने देखीदैनन ।

 

सरी लगतार पानी परेको खण्डमा माथी राना रावत गाउमाथीबाट जमिन चर्र्किको छ । त्यो ठाउमा पहिरो आएको खण्डमा पावरहाउस नै भत्काउने सम्भावना छ । सरकारले निर्माण गर्ने सडक ठेक्का प्रक्रियाबाट निर्माण व्यवसायीमार्फत निर्माण हुने गर्छन् । तर, स्थानीय तहमा बन्ने सडक उपभोक्ता समितिमार्फत बनाइन्छ ।जहाँ इन्जिनियर हुदैनन् र गाउँका टाठाबाठा र डोजर अपरेटरको मनमर्जीमा खनिन्छन् ।त्यस कारणले स्थानीय नेता तथा कार्यकर्ताले इसारा गरेकै भरमा डोजर चलाइनु नै सबैभन्दा बाढी पहिरो र भूक्षयको जोखिम बढाउने कारण बनेको विज्ञहरु बताउछन् ।

त्यस्तै भाैतिक पूर्वाधार विकासको मेरुदण्ड सडक हो। तर उसले नै सडकको गुनस्तर नहेरी भुतानी दिने गरेको पाइन्छ । संसद्ले बनाएका कानुन र सरकारले बनाएका नियमहरु लागु गर्ने हाम्रा सम्बन्धित निकाय नै उदासिन छन्। अनि हामीले खोजेको सुशासन कहाँ भेटिन्छ? नेपालमा ।
त्यस्तै भौतिक पूर्वाधार विकासका कार्यालय जुम्लाका प्रमुख रुपक बहादुर रावत भन्छन, ठुलाबढाको स्याउको बगैचामा सडक पुर्याउने योजना माथी बाट आएको यो हो । हाम्रो प्राविधिक सपोट रहेको थियो । उनले भने ,हामी काम गर्न बसेको कारीन्दा हौ। यसमा हाम्रो कुनै हात छैन ।

यो सडक आबश्यकता हो होइन भन्ने पनी हाम्रो अधिकार हुदैनन । त्यो काम उपभोत्ता मार्फत भएको हो । काम सम्पन्न भएपनि भुक्तनी दिने काम हामीले गरेका हौ । उनले भने ,यो रकम क्षेत्र नम्वर एकको संसद बिकास कोषको हो । उनले उर्थु चौतारा सडक खण्डको काम आफ्नो कार्यालयको जिम्म छ । केही दिनदेखी मनसुन सक्रिय भएकाले रोकिएको बताए । उनले भने नयाँ कटान गर्दा पहिरो गएको हो । वर्षा रोकिने बितिकै नियमित रुपमा सडक बिस्तारको काम हुने बताए । भिडालो जमिनमा डोजर तथा स्काभेटर चलाउँदाको असर मनसुन सक्रिय भएसँगै देखीएको छ ।
सडक सहज कि सकस ?

हाम्रा चाडपर्व भित्रँदैछन्। यिनै चाडपर्वसँगै कहालीलाग्दा दुर्घटनाका खबर पनि भित्रिरहेका हुन्छ । सडक पुगेपछि सहज मान्दै हिड्ने यात्रुका गन्तव्य हिजोआज अधुरा हुन थालेका छन्। बिहान घर छाडेको व्यक्ति भरे गएको ठाउँ पुग्छ कि पुग्दैन, अनिश्चित हुन थालेको छ। सडक दुर्घटनाका अत्यासलाग्दा शृंखलाले हाम्रो यात्रा कति जोखिमयुक्त र भयाबह हुन पुगेको छ भन्ने कुरा अधुरा बन्दै गरेका गन्तव्यले प्रमाणित गरेका छन्।
जुम्लामा नयाँ खन्दै गरेका सडकमा बढी यात्रु लिएर रुट पर्मिट नै कायम नभएको सडकमा गुडिरहेको अटोऋसा गाडी उकालो चढ्न नसकी यात्रुले सास्ती पाएका खबर नै यसका लागि काफी छ। यस्ता सडकले यात्रुको यात्रा असुरक्षित बन्दैछ भन्ने सन्देश बढ्दो छ।
यस अघि सडक दुर्घटना अत्यधिक हुने भएर कर्णाली राजमार्गलाई (सुर्खेत–जुम्ला) मृत्युमार्ग नामाकरण गरिएको थियो । जुम्लामा पछिल्लो समयमा डोजर आतंकका कारण प्रया ठाउमा बाढी पहिरोको जोखी बढीे छ । तर यो समस्या समाधानका लागि यो तहको बहसमात्र पर्याप्त छैन। अलि गहिरिएर समग्र सबै सरोकारवाला नियकायले गहन विश्लेषण गरी एकीकृत र दिगो समाधान खोज्नुपर्ने आबश्यक छ ।