जुम्लामा राष्ट्रिय बाल दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता

जुम्लामा कोरोना भाइरसको बारेमा बालबालिकाका परेको असर र यसबाट बच्ने उपायका बारेमा वक्तृत्वकला प्रतियोगिता गरिएकोे छ । सामान्य अवस्था वा कोभिड माहामारीः बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी” भन्ने नाराका साथ मंगलबार ५७औं राष्ट्रिय बाल दिवसक अवसरमा जुम्लामा वक्तृत्वकला प्रतियोगिता गरिएको हो । उक्त प्रतियोगितामा चन्नदनना नगरपालिकाका १०वडाका बालबालिकाको सहभागीता रहेको थियो । वक्तृत्वकलामा बोल्ने अधिकांस बक्ताले कोरोनाले सबै भन्दा बालबालिकालाई प्रभाबित परेको बताए । उनीहरुले सबै भन्दा बढी प्रभाबित शिक्षा क्षेत्र रहेको बताए । वक्तृत्वकला प्रतियोगितामा प्रथम हुन सफल चन्दननाथकी दिपिका शाही द्धितृय आकृती न्यौपाने , तितृय गोर्कण सुनार र स्यानुमाया खत्री सान्त्वना भएका हहुन । वक्तृत्वकला प्रतियोगितामा स्थान ल्याउन सफल बालबालिकालाई प्रमाण पत्र र शैक्षिक सामाग्री पुरुष्कार दिइएको थियो । त्यस्तै बालदिवस आफैमा एउटा महत्त्वपूर्ण दिवस हो । झण्डै आधाआधी जनसङ्ख्या ओगटेका बालबालिकालाई मान्यता दिएर बालबालिकाकै दिवसका रूपमा सम्पन्न गर्न खोज्नु राम्रो पक्ष हो । तर जुम्लामा दिनप्रति दिन बालश्रम बढी रहेको छ । चन्दननाथ नगरपालिका महिला तथा बालबालिका शाखा , जिल्ला बालसंगठनको र क्याड नेपालको आर्थिक सहयोग र नगरस्तरीय बालसंञ्जालको आयोजनामा गरिएको वक्तिृत्वकला प्रतियोतिता गरिएको हो ।
त्यस्तै दिवसहरुमा स्बालबालिकाका सवाल उठाइन्छन तर कार्यान्वयन हुदैन उक्त अवसरमा बोल्दै कोभिड संकट बालबालिका संरक्षण सहयता जुम्ला जिल्लाका स्वयमसेवक धनराज सुनारले भने ,नेतृत्वतहमा यसको कुनै पनि सुनुवाइ नहुने बालबालिकाका क्षेत्रमा काम गर्ने निकायले दिवस दिवसकै रुपमा मनाउदा यसले सार्थकता नपाएको बताए ।
त्यस्तै नेपाल बाल संगठन जुम्लाका सभापती जयबहादुर रावतले बालबालिकाको अवस्था तथा बालमैत्री जिल्ला निर्माणमा सरोकारवाला एक जुट हुनु पर्ने बताए । उनले आगामी दिनमा जुम्लाका बालबालिकाहरुको स्थीतिबारे छलफल गरिने बताए । त्यस्तै राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका मानवअधिकार अधिकृत धनराज शाहीले पछिल्लो समय बालबालिकामाथी हुने अपराधका घटनामा वृद्धि हुँदै गएको बताए । बालबालिका माथी हुने अपराधका घटना न्युनीकरणका लागि समयमा नै उपयुक्त कदम चाल्न सरोकारवालाले जोड दिए ।
बाल दिवसको अवसरमा मंगलबार जुम्लाको उद्योग बाणिज्यसंघको बाल हलमा चन्दननाथ नगरपालिकाका ए देखी १० वडा सम्मका बालबालिकाको सहभागीता रहेको थियो । त्यस्तै चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले स्थानीय सरकार के हो र यसले कसरी काम गर्छ भन्ने अनुभूति बालबालिकाहरुलाई दिलाउने उद्देश्य रहेको बताइन । उनले भनिन , बालबालिकाको व्यक्तित्व विकासका लागी यस्तो कार्याक्रम आयोजना गरिएको बताइन । उनले हिंसामुक्त समाज निर्माणका लागि विद्यालय तहदेखि नै बालबालिकाको व्यक्तित्व विकासमा विशेष ध्यान दिनु आवश्यक रहेको बताइन ।
त्यस्तै चन्दननाथ नगरपालिका शिक्षाका खडा नन्द चौलागाइले विद्यालय तहमा अध्ययन गर्ने बालबालिकाको व्यक्तित्व विकासमा विद्यालय, शिक्षक र अभिभावकको सबैभन्दा ठूलो भूमिका हुने बताए । उनले भने सम्पूर्ण समाज यसको महत्वपूर्ण सरोकारवाला पक्ष हो ।
त्यस्तै चन्नदननाथ नगरपालिकाका निमिक्त प्रशासकिय अधिकृत क्षेत्रबहदुर बुढथापाले बालबालिकाको व्यक्तित्व विकासका लागि पहिलो पाठशालाको रूपमा रहेको घरपरिवारसहित सुरक्षित सामाजिक वातावरण अनिवार्य रहेको बताए । उनले समाजमा चुनौतीको रूपमा देखिएको बालदुव्र्यवहार जस्ता हिंसालाई न्यूनीकरण गर्न आधारभूत तहदेखि नै विद्यार्थी, शिक्षक र समुदायको सामूहिक पहल जरुरी हुन आब्श्यक देखीएको छ । नगरपालिकाका महिला शाखामा कार्यरत्त पुस्पा थापाले सामुदायिक र संस्थागत विद्यालयका आधारभूत संरचनामा समयानुकूल सुधार गरी शिक्षालाई जीवनोपयोगी बनाउन सरकार क्रियाशील हुनु पर्न बताइन । उनले हिला तथा बालबालिकाविरुद्ध हुने हिंसा न्यूनीकरण सम्बन्धी महिला तथा बालबालिका शाखाले अन्तरक्रिया कार्यक्रम गर्दै आएको बताइन ।

सम्बन्धित समाचार