पटमारा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

जुम्ला ः पातारासी गाउँपालिकाको पटमारा स्वास्थ्य चौकीलाई कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री प्रदान गरिएको छ । जुम्लाको दुर्गम भेग रहेको पटमारा स्वास्थ्य चौकीलाई का कारितास जर्मनी, कारितास नेपाल र पेस नेपाल जुम्लाको सहयोगमा पटमारा स्वास्थ्य चौकीलाई कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।
कोभिड प्रतिकार्यका लागी आबश्यक पर्ने सामग्री जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढा र पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहरा मार्फत हस्तान्तरण गरिएको हो ।
फोल्डिङ वेड २ वटा, फेससिट २५० वटा, सर्जिकल मास्क ६ हजार, एननाइटीफाइप मास्क १ सय पिस, गोलोप्स १ सय पिस, फुलपिपिई ५० पिस, स्यानिटाइजर ५ सय मिलिमिटरको ७५ वटा, एन्टीजेन किट १५०, ह्रयावी डिउटी गोलोप्स १ सय पिस स्वास्थ्य सामग्री उपलव्ध गरिएको हो ।
यस्तै भिटिएम किट १ सय, अक्सिमिटर १० वटालगायत २ लाख ६६ हजार ११५ रुपियाँ बराबरको १३ प्रकारका कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री प्रदान गरिएको पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानेले बताए । उनले भने प्रदान गरिएको सामग्री सहि सदुपयोग होस भन्ने अपेक्षा गरिएको छ । उनले थपे बिपदमा सबैले हालेमालो गरेर अगाडी बढेको खण्डमा सहज हुन्छ । पेस नेपालले यस अघि हिमा ,सिजागाउपालिका , कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगायत बिभिन्न ठाउमा सहयोग गर्दै आएको छ ।
त्यस्तै जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख बुढाले पछिल्लो समय कोरोना संक्रमण नभए जस्तो नागरिक विना मास्क खुल्लम खुल्ला हिडिरहेको बताए । उनले भने ,तर दिनप्रतिदिन संक्रमणका कारण मान्छे मरिरहेका छन् । अझै सचेत हुनु आबश्यक छ ।
पेस नेपालका परियोजना प्रमुख हेमराज भट्टले हरेक स्थानीयतहमा स्थापना भएका कोेभिड अस्पताललाई लक्षित गर्दै स्वास्थ्य सामाग्री सहयोग गरिएको बताए । उनले भने,‘कोभिड नियमित प्रतिकार्यका लागि सामान दिइएको हो ।स्वास्थ्य सामाग्रीको अभावले बिरामीले भोग्नु पर्ने समस्याबाट बच्नको लागि यो सामाग्रीले निकै राहत प्रदान गर्ने विश्वास गरिएको छ । पेस नेपालले धमाधम स्वास्थ्य सामाग्री उपलब्ध हुन थालेपछि गाउँपालिकामा स्थापना भएका कोभिड अस्पतालमा स्वास्थ्य सेवा प्रवाह गर्न सहज बनेको छ ।