मृतक बुढाको परिवारलाई पाँच लाख राहत

जुम्ला ः जुम्ला गुठीचौर गाउँपालिका ३ निवासी मृतक पदम बुढाको परिवारलाई पाँच लाख सहयोग गरीएको छ । मोवाईल चोरीको बिषयलाई लिएर जिल्ला प्रहरी कार्यालय आई घर गएपछि विरामी भई अस्पतालमा निधन भएका बुढाको परिवारलाई सरकारले राहात स्वरुप ५ लाख दिइएको हो । नेपाल सरकारले पठाएको उक्त रकमको चेक जिल्ला प्रशासन कार्यालय मार्फत मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले पिडित परिवारलाई पाँच लाख रकमको चेक हस्तान्तरण गरिएको बताइन । प्रमुख जिल्ला अधिकारी प्रसाई सहित सुरक्षा निकाय, संविधानसभा सदस्य ललितजंग शाही, गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी, वडाध्यक्ष प्रेम बुढा सहितका सरोकारवाला निकायको रोवरमा चेक हस्तान्तरण गरीएको हो ।
प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार २०७८ साल माघ १८ गते मोवाईल चोरीको विषयमा मृर्तक बुढा जिल्ला प्रहरी कार्यालयमा आएका र घर गएपछि केही दिन पछि अस्पतालमा विरामी भई आएपछि २०७७ साल फागुन ५ गते े मृत्यू भएको थियो । तर आफन्तले प्रहरीको कुटाईबाट घाईते भएपछि अस्पताल ल्याईएको र मृत्यू भएको भन्ने दावी गरेका थिए । पिडितको बिषयमा परिवार तथा स्थानीय आन्दोलित भएपछि एक समिति बनेर प्रतिवेदनमा राहत उपलब्ध गराईनु पर्ने माग भएको थिया े । सोही अनुसार नेपाल सरकार गृह मन्त्रालयले पाँच लाख जिल्ला प्रशासन कार्यालयको खातामा रकम पठाई दिएको थियो । यस अघि राहत रकमका लागि संविधानसभा सदस्य ललितजंग शाही, आफन्त दानबहादुर बुढा सहितको टिम आन्तरिक मामिला तथा कानून मन्त्रालय सुर्खेत र गृह मन्त्रालय काठमाण्डौमा समेत पुगेको थियो ।
संविधानसभा सदस्य ललितजंग शाहीले सवैको जोडमा परिवारलाई मलम लगाउन सरकारले गरेको सहयोग सह्रानीय भएको बताए । गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले मृतर्कका आफन्त दानबहादुर बुढाले परिवारलाई राहत दिने नेपाल सरकार र सवै सरोकारवाला निकायहरुलाई धन्यवाद ज्ञापन गरे े ।
राहत रकम बुझ्न मृतक वालक पदम बुढाका बुवा पृथ्वी बुढा र आमा गोरिकला बुढा जिल्ला प्रशासन कार्यालय पुगेका थियो । मृतकका पिता पृथ्वी बुढाले राहात रकमका लागि सरकारलाई धन्यवाद दिदै न्याय पाउनेमा विश्वस्त रहेको बताए।
प्रमुख जिल्ला अधिकारी प्रसाईले घटना समाजमा भईरहने भएकाले यो घटनालाई व्यवस्थापन गर्न सहयोग पुरयाउने आफन्त र सरोकारवाला निकायहरुलाइ अनुरोध गरिन ।

सम्बन्धित समाचार