माओले भनेजस्तो मैले पनि एक्लो छु भन्नुपर्ने हो किःप्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओले १९७५ मा आफू पार्टी मा एक्लो छु भनेका थिए त्यहि अवस्था मलाईपनि एक्लो हुने हो कि भनेर चिन्ता लाग्न थालेको बताएका छन् ।

अहिले पनि नेपाली कम्युनिष्टहरु सबै मिलेमा नयाँ वैचारी शष्लेषण गर्न सकिने बताएका छन् । राजधानीमा आइतबार माओवाद केन्द्रका केन्द्रीय सदस्य तथा लेखक परशुराम तामाङको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्टहरु एक ठाँउमा बसेर नयाँ सिराबाट वैचारीक बहस सुरू गर्न सकिने बताएका छन् ।
‘५ दलीय गठबन्धनको बैठकमा मैलाई ताकेर सोधियो, तपाईँले केपीसँग एकता गरेर के पाउनुभयो ?’ प्रचण्डले भने– ‘छोटो जवाफ दिन त गाह्रो थियो । ज्ञान प्राप्त गरेर आएँ भनेर जवाफ दिएँ ।’ आफूले प्राप्त गरेको ज्ञान अरु पार्टीहरूलाई पनि काम लाग्ने उनको भनाइ छ ।

उनले नेकपा विभाजित भयो । एमाले विभाजित भयो । सबै विभाजित भयौ लछारपाटो लागेन अब एक ठाँउमा आउनु पर्ने बताएका छन् । उनले भने ‘ अझैपनि कम्युनिस्ट आन्दोलनलाई उचाइमा लैजान सक्ने आधार रहेको छ । विश्वका कतिपय देशमा कम्युनिस्ट आन्दोलनको नामनिशान नभएपनि नेपालमा अझै कम्युनिस्ट आन्दोलनको बलमा वैज्ञानिक समाजवाद निर्माण गर्न सकिने आधारहरू छन् ।’

प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई उचाइमा लैजान नेकपा बनाइएपनि विविध कारणले एकता सफल हुन नसकेको तर एकताको पहल अझैपनि जारी रहेको बताए । उनले केपी ओलीसँग पार्टी एकता गरेर आफूले ज्ञान प्राप्त गरेको पनि बताए ।

प्रचण्डले आन्दोलनलाई बीच बाटोमै छाडेर हिँड्न नसकिने भन्दै एउटा निष्कर्षमा पुर्याउन लागिरहने बताए । प्रचण्डले कार्यक्रममा तामाङको पुस्तकमाथिका टिप्पणीकारहरुले संकीर्ण मानसिकता राखेर माओवादी आन्दोलन र त्यस आन्दोलनका कमाण्डर प्रचण्डको भूमिकाबारे मौनता साँधेको भन्दै असन्तुष्टि समेत जनाए । उनले माओवादी नेता राम कार्की र अर्को कम्युनिस्ट नेता आहूतीलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

प्रचण्डले अहिले नेपाली कम्युनिस्ट आन्दोलनले अनेकौं चुनौतीको सामना गरिरहेको भन्दै सबै पार्टीमा आन्तरिक समस्या रहेको पनि स्वीकार गरे । प्रचण्डले मार्क्सवादका आधारभूत सिद्धान्तमै इन्कार गर्ने प्रवृत्ति मार्क्स एंगेल्सकै पालादेखि देखापर्दै आएको सन्दर्भ राख्दै मार्क्सवाद अहिले पनि पुरानो नभएको बताए ।

सम्बन्धित समाचार