जुम्लाका कोभिड प्रभावित नागरिकलाई किडार्क नेपालको राहत

जुम्ला ः तिला गाउपालिका एक रारालिही गाउका पदम बुढा किराणा पसल गर्ने ब्यपारी हुन । उनले आफ्नो घरपरिवारको दैनिकी चलाउनका लागी अनिशा एण्ड गणेश नामको खुद्रा पसल चलाउदै आएका थिए । बिश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९का कारण लकडाउन भएपछि उनको पसल बन्द भयो । साँझ बिहानाको छाकटार्नका लागी गरिएको सानो ब्यवसाय लकडाउनले बन्द भयपछि पदम बुढालाई घरपरिवार चलाउन हाम्मेहाम्मे भएको थियो । २सय ८० घरदुरी रहेको तिला गाउँपालिका एकको रारालिहिगाउका उनीमात्रै होइनन यस्तै समस्या भोगेको सबैको ब्यथा मिल्दोजुल्दो छ । पछिल्लो समयमा वल्र्डभिजन इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र किर्डाक नेपाल जुम्लाको साझेदारीमा संचालित पोषण तथा उत्थानशिल जिविकोपार्जन कार्यक्रम त्यहाका कोभिड प्रभावित नागरिकलाई सहयोग गरिएको छ ।
किर्डाक नेपाल जुम्लाले ४२ हजार बराबरको सामान खरिदगरी पदम बुढाको बन्द भएको पसलमा पुगे पछि उनी हर्षित भएका छन । दैनीकी चलाउन गारोभएका समयमा किडार्कले बन्द भएको पसल सञ्चालनका लागी चामल , तेल , साबुन लागायतको आबश्यक खुद्रा तथा खाद्यय सामान सहयोग गरेको छ ।
वल्र्डभिजन इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा किर्डाक नेपाल जुम्लाले तिलाका ६, ७, ८ र ९ वडाका कोरोना प्रभाबितलाई सम्बन्धीत बडाअध्यक्षको सिपारिसमा उनीहरुलाई सहयोग गरेको छ । कोरोना प्रभाबितको जिबिकोपार्जनमा सहज ल्याउनका लागी रारालिही गाउका १२ जना पसल ब्यवसायिक र ४२ जना कृर्षकलाई कृषी औजार सहयोग गरिएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत महेन्द्रजंग शाहीले बताए ।
कोभिड प्रभावित नागरिकका लागी राहत स्वरुप सहयोग गरिएको हो । कृषि उपजको उत्पादन वृद्धि र न्युआय भएका नागरिकको लागत बढाउने उद्देश्यले कृषि औजार वितरण दिइएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रेशमवहादुर शाहीले बताए ।

कृषकलाई परम्परागत खेती प्रणालीको विकल्पमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले कृषि औजार वितरण गरिएको उनको भनाइ छ । सिल्पोलिन ,हजारी वटा, प्लाष्टिक केरेट , वटा, गार्डेन पाइप ,रोल,र त्रिपाल , जस्ता सामाग्री वितरण गरिएको छ ।कृषि खेतीमा सहजता प्रदान गर्नका लागि कृषि औजार वितरण गरिएको पाइएको छ । तिला क्षेत्रका तरकारी पकेटका रुपमा विकास गर्नका लागी किसानहरुलाई औजार दिईएको छ ।

औजार वितरण गरेपछि काममा सहजता हुनुका साथै उत्पादनमा वृद्धि हुने वडा नम्वर एकका वडा अध्यक्ष प्रर बहादुर रावतले बताए ।उनले भने ,किसानहरुको खेति प्रणाली सुधार गर्न कृषि औजार उपलब्ध गरिएको हो । यस अघि तरकारी खेती गरेर जिबिकोपार्जन गर्ने किसानलाई औजारको अभावले तरकारी सोचे जस्तो फलाउन सकेको थिएनन । तरकारी खेती गर्ने किसानको आवश्यकताई बुझेर औजार दिएकोमा अब सहज हुने भएको छ ।

किसानले उत्पादन गरेका कृषिवस्तुलाई बजारीकरण गर्न स्थानीय सरकारले सहयोग गरिदिनु पर्ने किसानको माग छ । वल्र्डभिजन इन्टरनेश्नल नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाद्धारा संचालित पोषण तथा उत्थानशिल जीविकोपार्जन कार्यक्रमबाट किसानहरुलाई कृषि औजार वितरण गरिएको छ । किर्डाकले जुम्लामा संञ्चालन गरेको कार्यक्रम प्रभाबकारी भएनभएको बिषयमा जिल्ला समन्वय समितिले सरोकारवालाकोे टोली सहित अनुगमन गरेको छ ।