कमलरी थिएँ, १८ वर्ष जमिन्दारको घरमा भाँडा माँझे
म कमलरी थिएँ । जमिन्दारको घरमा भाँडा माझेर १८ वर्ष बिताएको थिएँ । यसबारे मैले धेरै बताईरहन पर्दैन । तर म विगतमा अपमानित भएँ । हेपिए । सायद मुक्त भएपछि कहिल्यै अपमानित हुनु पर्दैन । यही सोच्ने गर्थे । यही सोच्ने गर्थें । तर आज पनि मैले बोल्ने बित्तिकै तँ कमलरी होस नबोल । मैले लेख्ने बित्तिकै तँ कमलरी होस नलेख भन्ने आशयबाट प्रतिक्रिया आउन थाल्छ ।
त्यसैले कहिलेकाहीं मान्छेका मस्तिष्कमा अनि मनमा गढेको सामन्तवाद जिँउदै रहेछ जस्तो लाग्छ । शोषणको दनदनी दन्किएको आगोमा जल्दाको पिडा कस्तो हुन्छ भन्ने अनुभुति गरेकाले होला । यस्ता अभिव्यक्तिले मलाई ग्लानी होईन, उर्जा थपेको हुन्छ ।

मैले कमरेड माधव नेपालको अपमान कहिले गरें ? एकपटक कसैले बताउन सक्नुहुन्छ ? भन्न सक्नु हुन्छ भने बताइदिनुस। उहाँ आफैले आफ्नै पार्टीको सरकार गिराउनु भयो । आफैले निर्माण गरेको पार्टी चोइट्याउन सारा नेपाली जनताको भावना विपरित पार्टीलाई पार्टिलाइ तहसनहस पार्दै हुनुहुन्छ ।
अब म के गरुँ ? यस्ता जनभावना विपरितका कुकर्मका पछि लागौं ? लाखौ कार्यकर्ताको मनमा चोट पुग्ने गरी कसैका पदको लडाइँको पछि दगुरौ ? यदि देशलाई स्थिरता दिने हो र ? कम्युनिस्ट आन्दोलनलाई समाजवाद उन्मुख बनाउने हो भने यस्ता कार्यको मैले विरोध गर्नैपर्छ । मैले त्यही गरे पनि । र, अझै पनि गरिरहने छु । (सांसद चौधरी एमाले सचेतक हुन् ।)
(फेसबुकमा धेरै फ्लोअर भएका पूर्वसचिव भीम उपाध्यायले शान्ता चौधरी र माधव नेपालबारे स्टाट्स पोस्ट गरेपछि कमेन्टमा सांसद चौधरीले लेखेको भनाई । उपाध्यायले फेसबुकमा १८ वर्षसम्म कमलरी बसेकी चौधरीलाई माधव नेपालले नै सांसद बनाएको लेखेका थिए ।)









