गाँजा नष्ट गर्दै जुम्ला प्रहरी

जुम्ला ः जुम्ला सदरमुकामा खलंगामा प्रहरीद्धारा प्राकृतिकरुपमा उम्रीएको गाँजाको बोट नष्ट गरिएको छ । चन्दननाथ नगरपालिकाको वडा न ५ स्थित चन्नदननाथ बाबाको सेरा ज्युलो ,बसपार्क , भारतीवाडा , हस्पीटल लाईन र जुगाड खोलाको आसपासको स्थानहरुमा उम्रीएको गाँजा तिनैवाटा सुरक्षा निकायको टोलीले नष्ट गरेको हो ।
शनिबार प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइ ,जिल्ला प्रहरी कार्यालय जुम्लाका कार्यालय प्रमुख (डिएसपी) दान बहादुर थापा नेतृत्वको सुरक्षा नियकायको टोलीले संयुक्त रुपमा उक्त गाँजा नष्ट गरेको हो । जुम्ला स्थित नेपाल प्रहरी , ससस्त्र प्रहरी, नागरिक समाज , र नेपाली सेनाका जवान परिचालन गरी गाँजा नष्ट अभियान चलाएका हुन ।

गाँजा चरेसका कारण समाजमा विभिन्न किसिमका अपराधिक जस्ता क्रियाकलाप हुने भएकोले गाँजा जुम्ला बजार लगायत अन्य ठाउँहरुमा पनि लगाएर तुरुन्तै नस्ट गरिने प्रहरी नायब उपरिक्षक दानबहादुर थापाले बताए । उनले भने ,जुम्लामा गाँजा खेती नभए पनि प्राकृतिरुपमा बारीमा उम्रीएको गाँजा सम्भावित स्थानहरुको खोजी गरि प्रहरीले उक्त गाजा खेती नष्ट गरेको हो । गाँजा खेती नष्ट गर्न नेपाल प्रहरी, नेपाली सेना ,सशस्त्र प्रहरी लगायत संयुक्त सुरक्षा फौजलाई समेत परिचालन गरिएको छ । जुम्लामा गाँजा खेती नगरिएको भएपनि प्राकृतिक रुपमा धेरै उम्रीने गरेको छ । यसलाई नष्ट गर्नका लागी जुम्ला जिल्ला भरीका प्रहरी चौकी र प्रहरी इकाइलाई निर्देशन दिइएको प्रहरी नायब उपरिक्षक थापाले बताए । उनका अनुसार प्रत्येक वडाका जनप्रतिनिधि, नागरिक समाज राजनितिकदल लगायतको सहभागीतामा सबै स्थानियतहमा रहेका प्रहरीचौकीलाई गाँजा नष्ट गर्न भनेर निर्देशन गरिएको हो ।


गाँजा नष्ट गर्ने कार्यलाई पूर्ण रुपले निस्तेज बनाउन जुम्ला प्रहरी लागी परेको छ । शनिबार मात्रै सुरक्षा निकायको टोलीले झण्डै ३ विगाहा क्षेत्रफलमा रहेको गाँजाको बोट नष्ट गरेको छ । प्रहरीले गाँजा उम्रेको हुन सक्ने सम्भावित स्थानहरुको खोजी समेत गरेको छ । जुम्लामा गाँजा खेती गर्ने किसान छैनन ।प्रहरीले समयमा गाँजा नष्ट गर्ने अभियानको थलनी गर्दै विभिन्न स्थानमा रहेको गाँजाको बोट नष्ट गर्दै आएको छ ।

भदौ दास्रो वा तेस्रो साता देखी गाँजा परिपक्व भएपछि कारोबारीहरुले गाँजाको बोटबाट गाँजा उत्पादन गर्ने गर्दछन् यसका कारण गाँजा लागुऔषधको रुपमा प्रयोग हुने गरेकाले प्रहरीले भदौको पहिलो सातामै नष्ट गरिदिएको हो । राम्रोसँग फस्टाएको एउटा बोटबाट मात्रै आधा केजीदेखि एक केजीसम्म तयारी अवस्थाको गाँजा उत्पादन हुन सक्ने बताइन्छ । यसरी उत्पादन भएको तयारी अवस्थाको गाँजा भारतीय बजारमा पु¥याउन सकेको अवस्थामा कारोबारीहरुले प्रति केजी ११ हजार भारतीय रुपियाँसम्ममा विक्री गर्ने गरेको पाइन्छ ।

सम्बन्धित समाचार