जुम्लाका बिषयगत कार्यालयलाई प्रभावकारी सेवा दिन उर्जामन्त्री श्रेष्ठको निर्देशन

जुम्ला ः कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री दीनबन्धु श्रेष्ठले कर्णाली प्रदेश अन्तरगत्त रहेका बिषयगत्त कार्यालयलाई प्रभावकारी सेवा दिन निर्देशन दिएका छन । बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न जुम्ला पुगेका मन्त्री श्रेष्ठले स्वास्थ्य , कृषि ,उद्योग तथा उपभोक्ता हकहित संक्षण , डिबिजन वनकार्यालय लागायत बिषयगत्त कार्यालयका प्रमखलाई यस्तो निर्देशन दिएका हुन । मन्त्री श्रेष्ठले जुम्ला जिल्लामा कार्यारत्त प्रदेश अन्तरगत्तका कार्यालयले भोगेका समस्या जुम्ली जनतालाई दिएको सेवाको प्रभावकारीताको बिषयमा छलफल गरेका छन ।यहाँका बिषयग्रत्त कार्यालयले दक्षजनशत्ती अभाव सवारीसादनको कमी लगायत गुनासो मन्त्री श्रेष्ठ समक्ष राखेका छन ।

असारे बिकासका कारण जुम्लाको बिकास नभएको तितो उदारण दिर्दै मन्त्री श्रेष्ठले कार्यालय प्रमुखलाई बोलाएर तत्काल काम अघि बढाउन निर्देशन दिएको मन्त्रीका स्वकीय सचिव महेन्द्र कार्कीले बताए । उनले छिटो भन्दा छिटो राष्ट्रिय प्रसारणलाइन गाउँबस्ती सम्म विस्तार गर्न निर्देशन गरिएको बताए । उनले लाइन विस्तारमा देखिएको बजेट अभावको पुर्ति गर्न कर्णाली सरकार प्रतिबद्ध रहेको बताए । उनले भने ,जुम्ला गृहजिल्ला भएकाले यहाका हरेक समस्याको उठान गर्न तयार रहेको बताए । उनले ‘भौगोलिक विकट्ताका कारण यहाँका समस्या समाधान गर्न गाह्रो छ ।
टुक्रे योजनाले आत्मा निर्भर भन्दा प्रनिर्भर बनाउछ ः मन्त्री श्रेष्ठ
कर्णाली प्रदेशका जलस्रोत तथा उर्जामन्त्री दिनबन्धु श्रेष्ठले पहुजको भरमा आएको टुक्रेबजेटले जुम्लाई आत्मा निर्भ भन्दा पनि प्रनिर्भर तिर लगेको बताए । आएको रकम सहिदुपयोग भएको देखीदैन । आवश्यकताका आधारमा प्रदेश सरकारले सहयोग गर्नु पर्ने आवश्यकता देखिन्छ ।

यसमा आफ्नो भुमिका महत्वपुर्ण हुने छ । मन्त्री क्षेष्ठले शिक्षा,स्वास्थ्य, क्षेत्र राजनितिक स्वार्थ भन्दा माथी रहनु पछर्् । कर्णालीको लागी समृद्धिको लागि तीनतहका सरकारको आपसी समझदारी र सहयोग आदानप्रदान गर्न आबश्यक छ ।
उर्जामन्त्री श्रेष्ठले विकासमा राजनीति नगर्ने बताए । उनले समग्र कर्णालीबासीको हितका लागि काम गर्ने भन्दै आग्रह पुर्वाग्रह नगर्न आग्रह गरे । उनले भने,‘जुम्लाको विकासको लागि मैले नेतृत्व गर्ने मन्त्रालय संगै सबै मन्त्रालय संग समझदारी गर्ने बताए । उनले,आफ्नो मन्त्रालयको हरेक काम दलगत स्वार्थ भन्दा माथी उठेर गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

 

सम्बन्धित समाचार