जुम्लामा चुनौति बन्दै बालविवाहः एक बर्षमा ८ सय ६० किशोरी गर्भवती

जुम्ला । सानै उमेरमा विवाह गरिदिने प्रचलनमा परिवर्तन नआउँदा जुम्लामा बालविवाह न्यूनीकरणमा चुनौती थपिएको छ । जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले सार्वजनिक गरेको गत बर्षको तथ्यांक अनुसार जुम्लामा बालबिवाहको अवस्था निकै डर लाग्दो छ ।

स्थानियतहमा बालबिवाहको कुनै तथ्यांक नभएपनि स्वास्थ्य संस्थामा गर्भजाँच गराउन आउने २० बर्ष मुनिका किशोेरीको अवस्था हेर्ने हो भने जुम्लामा बालबिवाहको अवस्था भयाभह नै रहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले आर्थिक वर्ष ०७७ र ०७८को रिपोट अनुसार एक वर्षमा २० बर्ष भन्दा मुनि उमेरका गर्भजाँच गराउनेको किशोरीको संख्या ८ सय ६० जना रहेको छ । यो तथ्यांकले जुम्लामा बालबिवाहको अवस्था भयाभह रहेको पुष्टि गरेको छ ।

जुम्लाको सबैभन्दा बढि चन्दननाथ नगरपालिकामा रहेको देखीन्छ । नगरपालिकामा २० वर्ष मुनिका १ सय ९० जना किशोरीले गर्भजाँच गराएको छन  भने तातोपानी गाउँपालिकामा ६६ जना बालिकाले गर्भजाँच गराएको छ । त्यस्तै पातारासी गाउँपालिकामा १३४ जना, कनकासुन्दरीमा ९० जना, सिँजा गाउँपालिकामा ६८ जना, चन्दननाथ नगरपालिकामा १९० जना, गुठिचौर गाउँपालिकामा ९५ जना,  तिलामा १४० जना र हिमामा ७७ जना बालिकाले गर्भजाँच गराएका छन ।

बालविवाहाको सहयोगी मोबाइल र फेसबुक

पछिल्लो समयमा बालविवाहको प्रसंग भने फेरीएको छ ।यस अघि हुने बालविवाहा रुदीबादी संस्कारका कारण अभिभावकको मिलोपतोमा हुने गरेको पाइन्थ्यो ।पछिल्लो समयमा मोबाइल र सामाजिक सञ्जाल फेसबुक पनि सहयोगी भएको पाइएको छ ।बालबालिकाले पनि को मोबाइल र फेसबुकको प्रयोग गर्न थालेकाले यस्ता गतिविधि रोक्न समस्या बढाएको छ । जुम्लामा सामाजिक सञ्जालको माध्यमबाट मायाप्रेमको जालमा परी बालविवाह गर्ने गरेका उदाहरण छन् ।

जुम्लामा गत बर्षमा १ सय ८० जनाले निकै कमतौल भएको बच्चा जन्माएका छन । यो पनि बालबिवाहकै उपज भएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताउछन । उनले भने,’बालबिवाहले महिला स्वास्थ्य र बालस्वास्थ्यमा प्रत्यक्ष असर पारीरहेको छ । सबैभन्दा बढि महिलामा स्वास्थ्य समस्या देखिनु कम उमेरमा गरिने बिवाह हो ।’ उनका अनुसार ५५ जना बच्चा मृतक जन्मिएका छन ।

२० मुनिका ४३ जना किशोरीले गरे गर्भपतन

एक वर्षको अन्तरालमा २० बर्ष मुनिका ४३ जनाले गर्भपतन गराएका छन ।३० जनाले औषधि सेवन गरेर १३ जनाले सुरक्षित गर्भपतन गरेको तथ्यांक छ । यो तथ्यांक हरेक स्थानीयतहमा रहेका स्वास्थ्य संस्थाले दिएको प्रतिबेदनका आधारमा तयार पारीएको स्वास्थ्य सेवा कार्यालय जुम्लाको दाबी छ।

बालविवाह न्यूनीकरणको जिम्मेवारी सरकारी र सामाजिक सङ्घसंस्थाको मात्र हो कि भन्ने सोचाइमा समेत परिवर्तन आउन आबश्यक छ । सम्बन्धीत ,अभिभावक ,राजनीतिक दलका नेता सबैको सहयोगविना यस्ता सङ्घसंस्थाले मात्रै बालविवाह न्यूनीकरण सक्ने अबस्था छनै । नेपाल पत्रकारमहासंघ शखाका अध्यक्ष नेत्र शाहीले जुम्लामा बाल विवाह रोक्न चुनौती पुर्ण रहेको बताए ।उनले परम्परा र मान्यतालाई परिवर्तन गर्न समय लाग्ने बताए ।बालविवाहविरुद्धका अभियानमा भाषण गर्ने व्यक्ति नै सुटुक्क बालविवाह गराउँने प्रविधिले रोक्न नसकिएको हो ।

सामाजिक परम्परा र मान्यता एकैसाथ परिवर्तन नहुने हुँदा मानिसको सोचमा परिवर्तन ल्याउनाका साथै समाजलाई पनि सचेत बनाउने काम जर्न सबै निकायको ध्यान जानजरुरी छ । बालविवाह न्यूनीकरणका लागि शिक्षा र सचेतना महत्वपूर्ण कुरा र बिद्यालयस्तरमा रहेका छात्रालाई जानकारी दिन आबश्यक छ । जुम्ला यसरी बालविवाह हुने गरेपछि जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा हालसम्म बालविवाह सम्बन्धीका मुर्दा दर्ता भएको पाइएको छैन । परम्परागत मान्यता, अशिक्षा, गरीबी र प्रविधिको दुरुपयोगका कारण बालविवाह चुनौतीका रुपमा रहेको हो ।

 

सम्बन्धित समाचार