जुम्ला बजारमा पहिलो पटक मास्क बैंक स्थापना

जुम्ला ः जुम्ला बजारमा मास्क बैंक स्थापना भएको छ । सबै भन्दा बढी भिडभाडहुने जुम्लाबजारमा मास्क नलगाएर हिडडुल गर्दा कोरोनाको जोखीम हुने भन्दै मास्क बैकं स्थापना गरिइको हो । जुम्लामा मास्क बैंक स्थापना गरी हुनेले दिनुहोस, नहुनेले लिनुहोस भन्ने मुल नाराका साथ जुम्ला बजारमा मास्क बैंक स्थापना गरिएको छ । मुख्य बजारमा मास्क बैंक स्थापना गरिएको गरीदा मास्क नलागएर हिड्ने नागरिकलाई सहज हुनेछ ।सरकारले शुरु गरेको नेपाल मास्क अभियान अतरगत थप प्रभावकारी गर्न जिल्लामा मास्क बैंक स्थापना गरिएको बताईएको प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले बताइन । उनले जिल्ला कोभिड व्यवस्थापन समितिले स्थानीय प्रशासन, सुरक्षा निकाय र जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सहित सरोकारवालाहरुको समन्वयमा मास्क बैंक स्थापना गरिएको हो । कसैको मास्क नभएको समयमा मास्क दिदै मास्क लगाउन अनुरोध गने र मास्क भएकाले मास्क दिएर अरुलाई सघाउने हिसावले मास्क बैंक स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी प्रसाईले बताइन ।

प्रजिअ प्रसाईका अनुसार अव बजारमा आउने सवैको मुखमा मास्क हुनुपर्छ । नभएकाहरुलाई वालमन्दिरमा गएर मास्क लिनु र हुनेले नागरिकका लागि मास्क दिने अभियान अन्तरगत सहयोग गर्न अपिल समेत गरिएको छ । मास्क बैकंमा मास्क छैन , मास्क हरायो , मास्क फोहोर भयो यहाबाट लिएयर जानुहोस , तापाइसंग छ ,भने दिएर जानुहोस भन्ने शन्देस लेखीएको पोष्टर राखीएको छ ।
धेरैजसोले माक्स भएर पनि मास्क प्रयोग नगर्ने तर कोहीको मास्क किन्ने आर्थिक अवस्था समेत नभएको हुदा यो अभियान महत्वपूर्ण रहेको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र शाहीले बताए । उनले जिल्लाका सवै स्थानीय तह तथा बजार क्षेत्रमा मास्क बैंक गर्न आवश्यक रहेको बताउनुभयो ।
मास्क वैंक भने शशस्त्र प्रहरीका निगरानीमा हुने छ । शशस्त्र प्रहरीले मुख्य बजार क्षेत्रमा मास्क नभएकालाई ड्यूटिनै दिएर मास्क खुला स्थानमा मास्क बैंकको व्यवस्थापनमा खटिएको छ । शशस्त्र प्रहरी गणका गणपति गगन श्रेष्ठका अनुसार मास्क दिने र लिने क्रम बढिरहेको छ । मास्कका बैंकका लागि शुरुमा जिल्ला जनस्वास्थ्य कार्यालयले सहयोग गरेको छ । तर अन्य व्यक्तिहरुले समेत मास्क बैंकमा दिन थालेका छन् । गैससहरु, व्यापारी, उद्योगहरु र सहयोगी व्यक्तिहरुलाई अनुरोध समेत गरिएको छ ।

 

सम्बन्धित समाचार