तिलामा सिमी जोन सञ्चालन गरिने
जुम्ला ःजुम्लाको तिला गाउँपालिकामा सिमी जोन कार्यक्रम संचालन गर्ने भएको छ । स्याउ सुपरजोन परियोजना कार्यक्रम अन्तरगत सिमी जोनको रुपमा जिल्लाको तिला गाउँपालिकालाई बिस्तार गरिने भएको हो ।परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समिति वैठकले तिलागाउपािलकालाई सिम जोनको लागी सिफारिस गरेको हो ।जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाको अध्यक्षतामा बसेको वैठकले कृषि प्राविधिकहरुको प्रतिवेदन अनुसार तिला गाउँपालिका छनौट गर्ने निर्णय गरको हो । त्यस्तै वैठकले स्याउ जोन लागु हुन वाँकी पातारासी गाउँपालिकाको वडा नम्बर १,२ ३ र गुठिचौरको १ र २ मा स्याउ सुपरजोन कार्यक्रम लागु गर्ने निर्णय समेत गरिएको स्याउ सुपरजोन परियोजना इकाई कार्यालयले बताएको छ ।
प्रमुख गंगा पोख्रेलले स्याउ पुपर जोन परियोजना यस अघि जुम्लाको चन्दननाथ,तातोपानी, गुठिचौर र पातारासी क्षेत्रका अन्य वडामा काम भईरहेको बताइन । कार्यालय प्रमुख गंगा पोख्रेलका अनुसार यस अघि सुपरजोनले सिञ्जा क्षेत्रमा स्याउ सुपरजोनमा काम गर्न सिफारिस गरिएको बताइन । उनले भनिन ,थोरै जनक्तिले सुपरजानमा काम भईरहेको भन्दै स्थानीय तह र सम्वन्धित सरोकारवाला कार्यालय मार्फत काम गर्न आवश्यक रहेको छ । सिफारिस गरिएका कार्यक्रमहरु स्विकृत भने केन्द्रले गर्नुपर्ने स्याउ सुपरजोन परियोजना कार्यालयले जनाएको छ ।
वैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले जुम्लालाई कृषि क्षेत्रमा अब्बल बनाउन सुपरजोन कार्यक्रम प्रभावकारी हुदै आएकाले बताए । उनले तिला गाउँपालिका दलहन जोनका लागि सिफारिस भएकोमा थप राम्रो हुने बताए । उनले अव सिञ्जाका ३ वटा तहमा पनि स्याउ सुपरजोनको कार्यक्रम अगाडि बढाउन संघीय सरकारले प्रथामिकता दिने विश्वास छ ।
लामो समय देखी क्षेत्र (क) मा काम गरिरहेको सुपरजोनले पछिल्लो समय बृहत चक्लाबन्दी बगैचा घेरवार सिँचाई, स्याउ कार्टन उपलब्ध गराउने काम गर्दै आएको छ । यता क्षेत्र नम्बर (ख) मा भने कार्यक्रम संचालन गर्नुपर्नेमा माग हुदै आएको छ ।
क्षेत्र (ख) अन्तरगत हिमा, सिञ्जा, कनकासुन्दरी र तिला गाउँपालिका पर्दछन् । जिल्ला परियोजना समितिले तिलामा सिमी जोन र अन्य ३ वटा गाउँपालिकामा स्याउ कार्यक्रमका लागि सिफारिस गरेको छ । समितिको वैठकमा जिल्ला समन्वयका उपप्रमुस गाउँपालिकाका प्रमुखहरु,सरोकारवाला कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।








