११ महिना देखी बेपता गिरीको न्यायको प्रखाइमा रहेका परिवारको चित्कारः कि सास चहियो कि लाश चाहियो
जुम्ला ः चन्दननाथ नगरपालिका ९ का अन्दाजी २५ बर्षिय धनगिरीको परिवार ११ महिना देखी न्यायको प्रखाइमा छ । गिरीलाई २० ७७ असोज १५ गते अपरण गरी बेपता बनाइएको थियो । धन गिरीकी श्रीमती मिना गर ११ महिना देखी न्यायको प्रखाइमा छन । चन्दननाथ नगरपालिका ९ बयालकाटियाका अन्दाजी २५ बषिर्य धन गिरी ट्याक्टर चालक हुन । उनी २० ७७ असोज १५ गते निर्माण सामाग्री लिएर गुठिचौर गाउँपालिकाको मणिसाघँु तिर लाग्दै थिए । उनी चन्दननाथ नगरपालिका ५ का रेणु शाहीको टयाक्टर चलाउथे । निर्माण सामाग्री सरीया सिमेन्ट लिएर गएका उनी घर फर्केनन् । उनकी श्रीमती मिना गिरी भन्छिन २० ७७ असोज १५ गतेको राती १२ बजेतिर धनगिरीले चलाउने टयाक्टरको साउनीले फोन गरेर तिम्रो श्रीमान घरआयो किनाई भनेर सोधेको बताइन । उनले आउनु भएकै छनै भन्ने जफाब राम्रोसंग गर्न नपाउदै फोन राखेको बताइन । आफ्नो श्रीमानको घटनाको मिलोमतेमा टयाक्टर साउ पनि भएको उनको आरोपछ । न अहिले सम्म चालक गिरी घर फर्किएका छन । नत कुनै ठाउँमा रहेको खबर छ । अहिले सम्म सम्पर्क विहिन छन ।न सास पाइएको छ । नत लाश नै । गत असोज १५ गतेदेखि उनी सम्पर्कविहिन छन। पीडित परिवारले अपहरण गरि वेपत्ता पारेको भन्दै गुठिचौर गाउँपालिका बस्ने भोटे भनिने विमल महत,दन्दबहादुर भण्डारी, सागर गिरी र बिनोद गिरीको नाममा मुद्धा दिएका छन ।
त्यस्तै २० ७८ जेठ ७ गते तातोपानी गाउँपालिका ५ श्रीनगर स्थित चौर भन्ने ठाउँमा तिला नदिको छालमा एक सडेको अवस्थामा शव भेटियो । प्रहरीले त्यो शवलाई निकाले । त्यो शव सबै मासु सडेर नष्ट भइसकेको अबस्थामा भेटिएको थियो । छातीको केही भाग र हड्डी मात्र बाँकी थियो । शव नचिनिने अवस्थामा थियो । शवको लम्बाइ, चौडाइ,उचाइ र छातिको भाग हेर्दा चन्दननाथ नगरपालिका ९ का २५ बर्षिय धनगिरीको शारीरिक बनावट संग मिल्थ्यो ।
बेपताका परिवारले आफ्नै भाइछोराको शव हो भनेर जिल्ला प्रहरी कार्यालय जुम्लामा पोष्टमार्टमको लागि समेत आग्रह गरेका थिए । शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइयो । तर बेपताका परिवारलाई कुनै जानकारी नदिइ केही दिनपछि पोष्र्टमार्टम भयो भन्ने प्रहरीले खवर गरेको आफन्त तुलराज गिरी बताउछन । उनी भन्छन प्रहरी कार्यालयले उमेरले तपाइको मान्छे संग मेल खाएन तपाँइको शब होइन भनेर खवर गरेको हो ।
पीडित पक्षको आखाँमा छारो हाल्ने काम प्रहरी बाटै
आफन्त तुलराज गिरीले भने,‘ प्रहरीको त्यो जवाफ प्रति शंका उब्जियो । हामी विश्वासमा छैनौँ । यो सरासर पीडित पक्षको आखाँमा छारो हाल्ने काम हो ।’पोष्टमार्टमा उमेरले समस्या सिर्जना गरेपछि प्रहरीले डिएनए परिक्षण गर्न सुझाव दियो । डिएनए गर्दा कुनै फरक पर्दैन्, पोष्टमार्टमको रिर्पोटले उमेरको तलमाथि देखाएपनि डिएनए को रिर्पोट सही हुन्छ,प्रहरी प्रमुखको भनाई उदृध गर्दै तुलराजले भने,‘ त्यसपछि विधि विधान प्रयोगशाला मार्फत डिएनए परिक्षण गरि पाउँ भनेर पत्नी मिना गिरी र छोरा तिलक गिरी को रगतका साथ जेठ १० गते जिल्ला प्रहरी कार्यालय जुम्लामा निवेदन दियौँ ।उनले भने डिएनए परिक्षण गरि पाउँ भनेर जिल्ला प्रहरी कार्यालय जुम्लामा निवेदन दिएको दुई महिना वित्यो । बिडम्बना डिएनए रिर्पोट आएन । परिवार रिर्पोट कुरेर बसेका छौँ । प्रहरीले कुनै चासो दिएको छैन । उल्टै गैरजिम्मेवार तर्क गरेर फर्काउने गरिरहेको छ । ’
आफन्तजनले पटक पटक गुनासो सुन्ने अधिकारी समक्ष डिएनए रिर्पोटका बारेमा जानकारी लिने प्रयास गरे । प्रहरीले रिर्पोट नआएको भन्दै पटक पटक फर्कायो । निवेदन दिदा अधिकतम एक महिना भित्र रिर्पोट आएर टुंगो लाग्ने बताइएको थियो । यहाँ दुई महिना वितिसक्यो । रिर्पोट आइसकेको छैन । यो अलमल भयो, परिवारले शंका गरिरहेको छ ।
आफन्तजनले घटनाको वास्तविक प्राविधिक कुरा संग जोडिएर अनुसन्धान गर्ने विषयमा अनुसन्धानकर्ताको चासो नदेखिएको बताएका छन । हड्डी मात्रै भएको अवस्थामा भेटिएको त्यो शव बोरामा बाँधेको अवस्थामा बगेर आइरहेको स्थानीय बताउँछन । त्यो शब भेटिएको दुइ महिना बितिसकेको छ। त्यो शवको हकदावी कसैको पनि परेको छैन । उनले भने,‘यो शवलाई बेवारिसे शवका रुपमा प्रमाणित गर्न खोजिदैछ । यो मान्य हुने छैन । छिटो भन्दा छिटो डिएनए परिक्षणको रिर्पोट ल्याएर परिवारको पीडामा मलहम लगाउन उनीहरुको माग छ ।
धनगिरीका आफन्तले एक हप्ता भित्र घटनाको सत्यतथ्य प्रतिबेदन सार्वजनिक गर्न माग गरेका छन । पीडित परिवारलाई उचित राहतको प्रबन्ध गर्न पनि आग्रह गरेका छन । प्रहरीबाट एक हप्ता भित्र चित्तबुझ्दो जवाफ आउन नसकेको खण्डमा उत्पन्न हुने जोखिमपुर्ण स्थितीको जवाफदेही स्वय प्रहरी नै हुनु पर्ने चेतावनी समेत दिएका छन । बेपताका दाजु भैर गिरीले तत्काल शवको बिषयमा टुंगो लगाउन र घटनाको सत्यतथ्य विवरण सार्वजनिक गरि पीडितलाई न्यायको अनुभुति गराउन आग्रह गरेका छन ।
अस्पतालको शव गृहमा दुई महिना देखि न्याय कुरीरहेको शव
प्रहरीको ढिलासुस्तीका कारण डिएनए रिर्पोट नआउँदा दुई महिना देखि शव अस्पतालको शव गृहमा न्यायको प्रखमाइमा छ । उनीहरुले चालक धन गिरीलाइ जबरजस्ती ट्याक्टर रोक्न लगाई हातपात गरि ढुंगामुढा गरेर अलपत्र पारेका दाबी गरेका छन । चालक जीवित छन या मृतक अहिले सम्म पत्तो लागेको छैन । प्रहरीले यो घटनाको अनुसन्धानमा चरम लापरबाही गरिरहेको पीडित परिवारको दुखेसो छ । उनीहरुले सत्यतथ्य विवरण सार्वजनिक गर्न माग गरेका छन ।
तर प्रहरी चासो लगाएर यो घटनाको अन्तर्यमा पुग्न सकेको छैन । धनगिरीका दाजु भैर गिरीले भने, अहिलेका प्रहरीको लापरबाहीका कारण पीडित परिवारले न्याय पाउन सकेका छैनौ । प्रहरीले यो घटनामा खेलाँची गरिरहेको छ । उनले भने बेपताको बहान मात्रै हो हत्या गरी प नदिमा फालिएको शव आफ्नो भाइकै हो । हत्या लग्नलाई कारबाहीको माग गरेका छन। यता प्रहरीले








