सुर्खेतमा ‘तपाईको मास्क खै’ अभियान सुरु

वीरेन्द्रनगरः  कोरोनाको नयाँ भेरियन्टको संक्रमण दर बढेपछि सुर्खेतको वीरेन्द्रनगरमा महामारी कोरोनाविरुद्ध  ‘तपाईको मास्क खै’ अभियान शुरु भएको छ । अभियानसँगै नागरिकहरुलाई मास्क समेत वितरण गरिएको छ ।

No description available.

जिल्ला प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रशासन कार्यालय तथा विभिन्न संघ संस्थाहरूले  ‘तपाईको मास्क खै’ अभियान सुरु गरेका हुन्  । उक्त अभियानबाट साउन १९, २० र आज २१ गते बिहिबार पनि वीरेन्द्रनगरमा जिल्ला प्रशासन र प्रहरी कार्यालय सुर्खेत, गैरसरकारी संस्था महासंघ, इन्सेक र रेडक्रस लगायतका संघ संस्थाहरूले मास्क वितरण गरेका हुन्  ।

No description available.

प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा निषेधाज्ञा खुकुलो भएसँगै नागरिकको आवतजावत बढेको र नागरिकहरुले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नेतर्फ ध्यान नदिएकाले उनीहरूलाई सचेत बनाउन मास्क वितरणसँगै  ‘तपाईको मास्क खै’ अभियान सुरु गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।  वीरेन्द्रनगरका विभिन्न स्थानहरुमा पाँचसय भन्दा बढी नागरिकलाई मास्क वितरण गरिएको  थियो ।

सम्बन्धित समाचार