कोरोना रोकथामा तथा नियन्त्रणमा अटेरी गरेको सिजा गाउपालिकाले प्रजिअ सहितको टोली पुगेपछि कोरोना परीक्षण शुरु ग¥यो

जम्ला ः जुम्ला जिल्लामा एक नगरपालिका सहित आठ वटा स्थानिय तहछन । सबै स्थानियतहहरुले डिसिएमसीको निणर्य कार्यान्वयन गर्दै कोरोना रोकथाप तथा नियन्त्रणमा जुटेका थिए । तर सिञ्जा गाउँपालिकाले कोरोना भाईरस रोकथामका लागि कुनै पनि गतिबिधि अगाडी बढाएको थिएन । जिल्लाका सबै तहतप्का बाट कोरोनाको महामारीबाट नागरिक बचाउन लागी परेका थिए । कोरोना भएका बिरामी अस्पताल सम्म ल्याउनको लागी बोक्ने गाडी र कोरोना बाट मृत्यु भएकाहरुको लागी शबब्यवस्थापन गाडी तयार परिएको छ । जुम्लाको सिजा गाउपालिकाले अहिले सम्म कोरोना परिक्षण समेत गरेको थिएन । मंगलबार जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाई सहित सुरक्षा निकायको टोली र स्वास्थ्य शाखाँको टोलीले कोरोना परीक्षण शुरु गरेको छ । दोस्रो लहरको कोरोना पछि पहिलो पटक सिञ्जा गाउँपालिकामा कोरोना परीक्षण भएको हो ।

नागरिकको जिउज्यानको सुरक्षाको ग्यारेन्टी गर्न बनेको स्थानियतहले नै कोरोना परिक्षण नगरेको भन्दै गुनासोको आएको थियो । जनगुनाससोलाई मध्यनजर गर्दै सिजामा कोरोना परिक्षण गर्न पुगेको प्रमुख जिल्ला अधिकारी प्रसाईले बताइन । मंगलबार पहिलो दिनमा ५० जनाको परीक्षण गरिएको छ । सिजागाउपालिका स्वास्थ्य शाखा प्रमुख नरबहादुर रोकायाका अनुसार ५० जनाको परीक्षण गरिएकोमा ११ जना एन्टिजन र अन्य ३९ जना पिसिआर परीक्षण गरिएको हो ।

आरडिटी एन्टिजन परीक्षण गरिएका ११ जनाकै नजिता नेगेटिभ आएको छ । पिसिआरको रिपोर्ट भने बुधबार आउने छ । सिञ्जा गाउँपालिका नराकोट बजारमा रहेको अस्थाई कोभिड अस्पतालमा प्रमुख जिल्ला अधिकारी प्रसाई एक घण्टा बसेर पिसिआर परीक्षण अवलोकन गरेकि थिइन । त्यस्तै प्रजिअ प्रसाईले कोभिड अस्पतालमा माक्स कम भएको गुनासो आएपछि तत्काल माक्स उपलब्ध गराउन स्वास्थ्य शाखालाई निर्देशन पनि दिइएकी छिन ।

त्यस्तै चन्दननाथका कोरोनको ग्राफ फेरी बढेपछि सिञ्जामा शुरु गर्ने र चन्दननाथका व्यापारीलाई मंगलबार फेरी परीक्षण गरिएको थियो । चन्दननाथमा ३५ जना व्यापारीको परीक्षण गरिएको छ । चन्दननाथ नगरपालिका स्वास्थ्य निरीक्षक क्षेत्रबहादर महतका अनुसार २४ जनाको पिसिआर र ११ जनाको आरडिटी गरिएको छ । ११ जना आरडिटी परीक्षण गरिएको मध्य १ जनाको नतिजा भने पोजेटिभ आएको स्वास्थ्य निरीक्षक महतले जानकारी दिए ।

सम्बन्धित समाचार