मनपरी भाडा असूल्दै जुम्ला यातायात ,प्रशासन रमिते

जुम्ला ः जुम्लको छोटो तथा लामो दुरीमा चल्ने यातायात व्यवसायीले मनपरी भाडा उठाउने गरेका छन् । स्थानीय प्रशासनले तोकेको भाडादर भन्दा बढी असुल्ने गरे पनि अनुगमन हुने गरेको छैन । यस अघि भाडामा एकरूपता ल्याउने उद्देश्यले तत्कालिन प्रमुख जिल्ला अधिकारी भुपेन्द थापाको अगुवाइमा भाडादर निर्धारण गरिएको थियो । जिल्ला प्रशासन कार्यालय र यातायात व्यवसायी कार्यालय, जुम्लाको पहलमा भएको छलफलमा भाडादर कायम भएको थियो । कोरोनाका कारण लकडाउन हुदा भडादर कार्यान्वयमा नआउदै सबै यातयात बन्द भए । पछिल्लो समयमा गाडी चलेको एक महिना भन्दा बढी भइसकेको छ । तर अहिले झन यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन ।

जुम्लाबाट सुर्खेत, नेपालगञ्ज र काठमाण्डौका लागि यातायातका साधनहरू चल्छन् ।सुर्खेत र नेपालगञ्जसम्म बसका साथै साना सवारीसाधन जिप, माइक्रोबस पनि चल्ने गरेका छन् । यातायात व्यवस्था कार्यालय जुम्लादेखि सुर्खेतसम्म प्रतियात्रु १९ सय नेपालगञ्जसम्म १ हजार ६९ र काठमाण्डौ २५ रुपैयाँ भाडा तय गरिएको थियो । तर यातायात व्यवसायीले यात्रुअनुसार भाडा लिने गरेका छन् । जसबाट जतिसक्यो, त्यति लिने गरेको यात्रुको गुनासो छ । उनीहरूले जुम्लाबाट सुर्खेतको जिपले २ हजार देखी बसले १ ५ सय देखी दुइ हजाररुपैयाँ लिन्छन् । त्यस्तै, जुम्लाबाट नेपालगञ्जसम्म जिपले दुई हजार ५सय तिन हजार सम्मा र बसले दुई हजार देखी २५ सय लिन्छन् । भाडादर कार्यान्वयनमा आएको छैन ।

‘कर्णाली राजमार्गमा भाडादरमा एकरूपता नआएको कारण यात्रु मंहगो भाडातिरेर जान बाध्यछन । यो विषय नियमन गर्न पटक–पटक प्रशासन र यातायात व्यवस्था कार्यालयले अनुगमान गर्नु पर्ने हो । यसका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन समिति हुन्छ । त्यो समिति रमिते बनेको छ । यसरी साना–ठूला सबैखाले सवारीसाधनले मनपरी भाडा असुल्ने गरेको भएपनि सरोकारवाला नियकाय मौन छन । यातायातका साधनमा विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई टिकटमा सहुलियत दिइन्छ । कर्णाली राजमार्गमा भने कसैलाई पनि भाडादरमा छुट दिने गरिएको छैन । जुम्लाबाट नेपालगञ्ज, सुर्खेत तथा काठमाडौं यात्रा गर्दा पनि छुट नपाएको तिला गाउपालिकाका मेग नाथ यौगीले बताए ।

स्थानीय प्रशासनलाई पटक–पटक जानकारी गराउँदा पनि बेवास्ता गरिएको नागरिकको गुनासो छ। त्यस्तै जुम्ला बजार बाट तिलागाउपालिकाको कुडारी बजार सम्मको भाडा अटोले ५ सय लिने गरेको छ । भने , साना गाडीले २सय २ं५० देखी तिन सय सम्म लिने गरेका छन ।कुडारी बजार बाट जुम्ला बजार आउदा तिनसय रुपैया तिरेको मौना कठायतको गुनासो छ । गाडीवालाले भाडादर बृद्धी भएको भन्दै मनोमानी रकम असुल्ने गरेका छन । हामी बाध्यता बस बढी भाडा तिर्न बाध्यछौ । प्रशासनले टिकट ल्याउनुहोस कार्बाही गर्छु भन्छ ,गाडीवालाले टिकट दिन मान्दैनन ।
काउन्टरमा काटिन्न टिकट
यातायात व्यवसायी समितिहरूले जुम्ला बसपार्कमा काउन्टर राखेका छन् । बाटोमा पनि ठाउँ–ठाउँमा काउन्टर छन् । तर, काउन्टरमा टिकट काट्ने भने गरिएको छैन । मनपरी भाडा लिने गरेकाले काउन्टरमा टिकट काट्ने गरिएको छैन । यसले ट्राफिक प्रहरीलाई छल्न सजिलो हुने गरेको छ । उनीहरूले ट्राफिकबिटनजिक यात्रुलाई ओरालेर हिँड्न लगाउने गरेका छन् । ट्राफिक प्रहरीले पनि सामान्य जरिवाना गराएर छोड्ने गर्छन् । जुम्ला सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले यात्रुबाट बढी भाडा लिएको प्रमाण भेटिएको खण्डमा कार्बाही गर्ने बताए ।