भत्केको घरमा बस्दै आएका,खाम्बा नेपालीको घर सहयोगी हातबाट बन्दै

जुम्लाः  जुम्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका – ३ डाँडाकोट गाउँका  खाम्बा नेपालीको  घर  सहयोगी मनबाटै बन्ने भएको छ ।   नेपाली ८० वर्षीय वृद्ध  व्यक्ति हुन् । उनी घरपरिवार भएपनि एकल पुरुष रहेर जीवन बिताइ रहेका छन् ।

‘श्रीमती, छोराछोरी भएपनि अहिले उनको साथमा  कोही छैन् । सबै छोडेर गए । अहिले एकलै छन् ।  लामो समयदेखि भत्केको घरमा बस्दै आएका विपन्न व्यक्ति नेपालीका सुरक्षित बासका लागी सहयोगी हातबाटै घर बनाउन थालिएको छ ।  सोही वडाका बुढ्थापा गाउँका शिक्षक मक्कर खत्रीसहित अभियन्ताको अभियानमा उनको एक कोठे, एक तले घर बनाउन थालिएको हो ।

अभियन्ता खत्री भन्छन्, ‘लामो समयदेखि भत्केको घरमै बसिरहेको देखेपछि उनको बासको लागि घर बनाउने अभियान चलाएका हौं ’ । ‘दुई लाख ५९ हजार लागतको घर बनाउने स्टेमेट भएपनि यसको ५० प्रतिशत सहयोग जुटेपछि घर बन्छ भन्ने थियो । त्यही अनुरुप अभियान सुरु गरेका हौँ । यहाँको चन्दननाथ नगरपालिकाले विपद् कोषबाट ५० हजार उपलव्ध भएको छ ’ खत्रीले भने ।

‘अन्य सहयोगी मनहरुले दुई/दुई हजारका दरले एक लाख रकम जुट्यो । सवै गरी एक लाख ५० हजार रकम जुटेको छ ।  यसमा छानो छाप्नका लागि जस्तापाता पनि सहयोग भएको छ । यसको दुई हप्तामा निर्माण कार्यसम्पन्न गर्ने छौं’ खत्रीले थपे ।

विपन्न नेपाली भन्छन्, ‘ घर भत्केको धेरै समय भयो । त्यही भत्केकै घरमा बस्दै आएको थिए । अहिले सबैको सहयोगमा बस्नका लागि घर बन्ने भएको छ ।  म भत्केकै घरमा मर्ने  भए भन्ने चिन्तामा थिए ।   अब बाँचुन्जेल नयाँ बनेको घरमा बस्न पाउने भए’ उनले थपे ।

खत्री, भन्छन्, ‘विपन्न वृद्ध व्यक्ति लामो समयदेखि भत्केको घरमा असुरक्षित रुपमा बस्दै आएको देखिपछि बासका लागि सबै साथी मिलेर घर बनाउने अभियान थालेका हौं ’ ।

सम्बन्धित समाचार