देउराली आधारभुत्त विद्यालका बालबालिकालाई चित्रबाट पढाइने

जुम्ला ःगोठिचौर गाँउपालिकाको देउराली आधारभुत्त विद्यालले बालबालिकालाई भित्रेचित्रबाट पढाउने भएको छ । गोठिचौर गाँउपालिकाको वडा नम्वर ३ मा रहेको सो विद्यालको २ कोठे भवनमा भित्तेचित्र बाट साना बालबालिकालाई सिक्न सहज हुने भएकाले यस्तो ब्यवस्था गरेको हो। गुठीचौर गाँउपालिकाको एक लाख आर्थिक सहयोगमा भित्तेचित्र वनाएको विद्यालय व्यवस्थापनका समितिका अध्यक्ष भिम वहादु भण्डारीले बताए । उनले भने कर कट्टी गरी ८० हजारको लागतमा निमार्ण बताए ।

बिषेस गरी साना बालबालिकालाई सजिलो तरीकाले छिटो सिक्न सक्ने भएकाले भित्तेचित्रको वनाएको शिक्षक गणेश वुढाको भनाइ छ । उनले भने ,यस कार्याले शिक्षाको विकास र साना वालवालिकालाई सहज भएको छ । बालबालिकाले चित्रहेरेर वुझ्न सक्ने भएकोले स्वर वर्ण, व्यञ्जन वर्ण, अग्रेजी , नेपाली अंक तालिका, सातबार, बाह्र महिना, राष्यि गान र राष्टिय चिन्हहरु आदि चित्रहरु रहेको शिक्षक वुढाले बताए । यस अर्थमा कमजोर विद्यार्थिको सहजिकरण गर्नुका साथै अन्य समयमा पनि सिकाउने गरिएको छ ।

सम्बन्धित समाचार