चन्दननाथ नगरपालिका बिवादित सेवाग्राहीलाई सास्ती ,

नगरप्रमुख भन्छन् बजेट पारित भयो, उप्रमुख भन्छिन् भएको छैन

जुम्ला ः जुम्लाको चन्दननाथ नगरपालिका बिवादित हुदा सेवाग्राहीलाई सास्ती भएको छ । नगरप्रमुख कान्तिका सेजुवाल र उपप्रमुख अप्सरा देवी न्यौपाने (महतको )आपसी बिवादका कारण सेवाग्राहीले सास्ती खेपेका हुन। सेवा प्रभावित मात्रै होइन नगरपालिकाको बजेट समेत पारित भएको छैन ।
नगरप्रमुख भन्छन् बजेट पारित भयो, उप्रमुख भन्छन् भएको छैन । यि दुइको बिवादले चन्दननाथ नगरपालिकामा सेवाग्राहीले सास्ती भोग्ने गरेका छन् । नयाँ आर्थिक वर्ष ०७८÷०७९ साउन महिनाको १ गतेदेखि सुरु भइसकेको छ । नयाँ आर्थिक बर्षसँगै सार्वजनिक सेवा प्रवाह सुचारु हुनु पर्ने हो ।तर यहाँको नगरपालिकामा अहिले सवै काम ठप्प छन् ।

नागरिकता सिफरिसदेखि घरजग्गा राजश्व संकलनका सेवा ठप्प हुदा सेवाग्राही प्रभावित भएका हुन् । राजश्व परामर्श समितिको वैठक नबसेर राजश्व संकलन दररेड अनुमोदन नहुदा यस्ता सेवा प्रवाह प्रभावित भएको कर्मचारीले बताउने गरेका छन् ।साउन महिनाको पहिलो साता वितिसक्दा पनि सेवा प्रवाह सुचारु हुन नसेको स्थानीय बासीले गुनासो गरेका छन् । लामो समयदेखि नगर प्रमुख र उपप्रमुखको आपसी विवादले सार्वजनिक सेवा प्रवाहदेखि विकास निर्माणका काम प्रभावित हुने गरेको स्थानीय बासीको बुझाई रहेको छ ।

नयाँ आर्थिक वर्ष ०७८÷०७९ को असार १० गते नै नीति तथा कार्यक्रम र बजेट नगर सभाबाट पारित हुनु पर्ने हो । यो विषय पनि विवादित बन्दै आएको छ । असार १० गते बजेटसहित नीति तथा कार्यक्रम पारित हुनु पर्ने हो ।लामो समयसम्म कार्यपालिका सदस्य बैठकमै उपस्थित नहुदा असार ३१ गते बहुमतको आधारमा बजेटसहित नीति तथा कार्यक्रम पारित भएको नगर प्रमुख कान्तिका सेजुवाल बताउन्छिन् भने औपचारिक रुपमा नगर सभाबाट नीति तथा कार्यक्रम र बजेट पारित नभएको उपप्रमुख अप्सरादेवि न्यौपानेले दावी गर्दै आएकी छन् ।

उपप्रमुख न्यौपानेका अनुसार दुई तिन आर्थिक बर्षदेखि सार्वजनिक सुनुवाई हुन सकेको छैन । रेडबुक अनुसार योजना कार्यन्वयन हुदैनन् । अपारर्दर्शी रुपमा बजेट खराप पार्ने जस्ता कामले गर्दा नगरपालिका दुर्गन्धित बन्दै गएको छ । यस्ता किसिमका अपार्दर्शी कार्यको टुंगो नलागेसम्म र माग सम्बोधन नभएसम्म नगरसभा नहुने उनको दाबी छ ।
नगरपालिकामा सार्वजनिक सेवाका लागि आउदा सेवा नपाएका चन्दननाथ नगरपालिका जुम्लाका सेवाग्राहीको माधबप्रसाद उपाध्यायले बताए ।उनले भने , राजश्व गज्जाको तिरो तिर्न आएको दुई दिन भयो । दुवै दिन कामै नभएर फर्किनु परेको अवस्था छ ।
त्यस्तै नयाँ आर्थिक वर्षसँगै राजश्वर दररेड कायम गरी अनुमोदन गरी लागु गर्नुपर्ने हो ।

तर अनुमोदन नहुदा राजश्व संकलन हुन सकेको चन्दननाथ नगरपालिका राजश्व शाखाका नायवसुव्वा, कमल भण्डारीले बताए ।उनले राजश्व प्ररामर्श समितिको बैठक नबसेको कारणले सेवाग्राहीको सेवा प्रभावित भइरहेका बताए । ऐन नियम अनुसार असार १० गते नै बजेटसहित नीति तथा कार्यक्रम नगरसभाबाट पारित हुन पर्ने हो । तर साउनको पहिलो सातासम्म भएको छैन । यसले गर्दा नगरपालिका सोमुल्यांकनमा पनि पछि परिसकेको चन्दननाथ नगरपालिका ८का वडा अध्यक्ष नरजित दमाईले बताए ।उनले भने अझै पनि बजेट पारित गर्ने प्रयत्न गरिरहेका छौँ ।चन्दननाथ नगरपालिका जुम्ला उपप्रमुख, अप्सरादेवि न्यौपाने, भनिन औपचारिक रुपमा नगरसभा भएकै छैन । नीति तथा कार्यक्रम र बजेट पनि पारित भएको छैन ।

चन्दननाथ नगरपालिका नगरप्रमुख कान्तिका सेजुवाल, असार ३१ गते नै बहुमतको आधारमा बजेटसहित नीति तथा कार्यक्रम पारित भइसकेको बताउछिन ।नगरप्रमुखको नगर सभामा कार्यपालिका सदस्यलाई आमन्त्रण गर्ने कर्तव्य हो , उनले भनिन , आमन्त्रण गरौँ पनि । नगर सभामा नआएपछि बहुमतको आधारमा ४९ करोड बढीको बजेटसहित नीति तथा कार्यक्रम पारित भयो । ः