सरकारी बजेटले निजि कोल्डस्टोर र घेरबार, स्थानियद्धारा उपाध्यक्षका श्रीमान उपाध्याय माथी हातपात

जुम्ला ः निजी जग्गामा कोल्डस्टोर निर्माण र घेरबार गरेको भन्दै ,तातोपानीगाउपालिकाका उपाध्यक्ष गंगादेवी उपाध्यायका श्रीमान लक्ष्मी प्रसाद उपाध्याय माथी स्थानियगले हातपात गरेका छन । उनिहरुले तातोपानी गाउँपालिकामा प्रतिनिधिसभाको संसद् विकास कोषको रकममा चरम दुरुपयोग भएको स्थानीयले आरोप लगाएका हुन । तातोपानी गाउँपालिकाकी उपप्रमुख गंगा उपाध्यायका श्रीमान तथा माओवादी केन्द्रका स्थानीय नेता समेत रहेका लक्ष्मीप्रसाद उपाध्यायको नेतृत्वमा रकम चरम दुरुपयोग भएको स्थानीयको आरोप लागाएका छन ।
माओवादी केन्द्र जुम्ला जिल्लाका प्रतिनिधिसभा सदस्य गजेन्द्र महतको संसद् विकास कोषको १५ लाखको रकम बाट आफै निजि गग्गामा कोल्डस्टोर निर्माण र घेरबार गरिएकोे भन्दै स्थानीयले छानबिनको माग गर्दै लक्ष्मीप्रसाद उपाध्यायमाथी हातपात ढुङगामुढा गरेका हुन ।स्थानीय हिमालय खत्रीले उपाध्यायले संसद् विकास कोषको रकमबाट आफ्नो निजी जग्गामा सामुदायिक कोल्डस्टोरको लागि भन्दै भवन निर्माण गरेको स्थानीयको बताए । उनले भने ,अहिले कोल्ड स्टोरको लागि भवन बनाइएको भनिए पनि पछि निजी जग्गामा बनेको सो भवन व्यक्तिगत रुपमा उपभोग गर्ने गरी बनाइएको भन्दै स्थानीयले विरोध गरेको बताए ।उनले भने कोल्ड स्टोर बनाइएको आसपासमा सरकारी गग्गा धेरै छ ।उपाध्यायले नियतबस अरुलाई झुक्याएर आफ्नो ब्यक्तिगत्त प्रयोगको लागी कोल्ड स्टोर निमार्ण गरको आरोप छ ।
त्यस्तै अर्का स्थानिय दिपक खत्रीले भने , उपाध्यक्षका श्रीमानले आफ्नो जग्गाको आसपासमा रहेको राष्ट्रिय वनलाई अतिक्रमण गरिस्याउको बगैंचामा सोही संसद् विकास कोषको पैसाले तारबार गरेकोे आरोप लागाएका छन । उनले भने ,सरकारी बजेटबाट निजी जग्गामा संरचना बनाएर बजेटको दुरुपयोग गरेको भन्दै रकम निकासा नगर्न गाउँपालिकामा असार सात गते निवेदन समेत दिएका छौ । तर कुनै सुनुवाइ भएको छैन ।
स्थानीय हिमालय खत्रीले संसद् विकास कोषको रकम हिनामिना तथा दुरुपयोग भएको भन्दै रकम निकासा रोक्न पालिकामा निवेदन दिएको बताए । उनले भने ,तातोपानी गाँउपालिकाको वडा नम्बर २, ४ र ६ मा संयुक्त रुपमा स्याउ बगैंचाको घेरबार र सामुदायिक कोल्ड स्टोर निर्माण गर्दा गाउँपालिका उपाध्यक्षका श्रीमान स्वंम उपभोत्ता समितिको अध्यक्ष भई रकम दुरुपयोग गरेको भन्दै पालिकाको कार्यालयमा निवेदन दर्ता भएका हौ ।
गाउँपालिकामा दिएको निवेदनमा उपाध्यायले सामुदायिक कोल्डस्टोर आफ्नो निजी जग्गामा बनाएको र सरकारी वन क्षेत्रको जग्गा अतिक्रमण गरी बनाएको निजी बगैंचामा तारजाली लगाएर घेरबार गरेको र आफ्ना नजिककाहरुलाई मात्रै बगैचा घेरबार गर्ने गरी काम गरेर संसद् विकास कोषको रकममा चरम दुरुपयोग गरेकोले सो योजनाको रकम निकासा नगरिदिन र छानबिन गर्न माग गरिएको छ ।
निवेदनमा सामुदायिक कोल्ड स्टोर बनेको जग्गा सहकारीको नाममा नामसारी गर्न पनि माग गरिएको छ । तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु धितालले दुरुपयोग भयो भनेर निवेदन आए पनि कार्यव्यस्थताले छलफल गर्न नसकिएको बताए ।
यता गाउँपालिका उपाध्यक्षका श्रीमान लक्ष्मीप्रसाद उपाध्याय स्वंम उपभोत्ता समितिको अध्यक्ष भइर निमार्ण गरिएको स्याउ सामग्री व्यवस्थापन गर्ने शीर्षकमा आएको १५ लाख कोल्डस्टोर बन्दै गरेको बताए । उनले भने , चौर नमुना समुदायिक कृर्षि सहकारी सस्था मार्फत निमार्ण गरेको बताए । उनले भने ,यो निमार्ण हुदै गरेको कोल्डस्टोर १५ वर्ष सम्मका लागी सहकारीलाई मञ्जुरी नामा दिने निर्णाय भएको बताए । उनले स्टेमेट अनुसार बने नबनेको भन्ने कुरा प्राविधिक कुरा भएकाले सरकारी बजेट दुरुपयोग नभएको दाबी गरे ।उनले भने, ‘त्यहाँ नजिकै बगैंचा घरबार पनि भएको छ, तर, संसद बिकास कोषको रकम बाट नभएर ब्यक्तीगत लगानीले गरेको बताए । कोल्डस्टोरको लागि जग्गा मालिकले सहकारीलाई मञ्जुरी नामा दिएको भन्ने सुनेको छु, डकुमेन्ट हेर्न हामीलाई दिएको छैन । यो उनिहरुले गरेको जालझेलमात्रै हो थानियले भने ।
तातोपानीका इन्जिनियर डिल्ली बहादुर बुढाका अनुसार यस अघि भने, ‘३० प्रतिशत रकम पेस्की दिइएको छ, पूर्ण भुक्तानीका लागि सांसदसहितको संयुक्त अनुगमनपछि मात्रै फाइल अगाडि बढाउँछौं । उनले भने ,प्रराविधिक स्टेमेट अनुसार जती काम भएको छ,त्यही अनुसार रकम भुक्तानि दिइन्छ । उनले भुक्तानीको लागि कोलोनिकामा माग गरेको तर संयुक्त अनुगमन बिना भुक्तानी नदिने उनले बताए ।बगैंचा घेरबारको लागि ६७ लाख र कोल्डस्टोरको लागि १५ लाख बजेट रहेको तातोपानी गाउपालिकाले जनाएको छ ।तातोपानी गाउपालिकाले वडाबाट सिफारिस भएर आएका उपभोक्ता समितिले काम गरेको स्पष्टिकरण छ ।
तातोपानी गाउपालिकाकी उपाध्यक्ष गंगादेवी उपाध्यायले भनिन ,यहाका सात गाउका स्थानियलाई समेटेर समिती बनाइएको छ ।उनले सरकारी बजेटको दुरुपयोग भएको प्रमाण भए कानुनी प्रक्रियामा आउन स्थानियलाई अनुरोध गरिन । उनले स्थानियले आफ्नो परिवारमाथी लगाउको आरोप झुटोभएको बताइन ।
प्रतिनिधि सभा सदस्य गजेन्द्र बहादुर महतले ५÷६ वटा गाउँको समिति बनाएको र गाउँपालिकाको जिम्मामा काम भइरहेको बताए ।उनले भने , हामीले जन्ताको माग अनुसार गाउपालिकामा बजेट हालेका हौ ,अरु सबै जिम्म पालिकाले लिने हो । घेरबार सबैको ठाउँमा गर्नुपर्ने, आफ्नो मात्रै गर्ने मनोमानी गर्नु हुदैन ।,उनले थपे हामीले सिधा–सिधा दिने होइन, गाँउपालिकामार्फत जाने हो, स्थानियको गुनासो आए तपाईंहरु छलफल गर्नुहोस्, के भएको हो भनेर भनेको छु ।