जुम्लाको गुठीचौरमा सिम्पलको फाइबर इन्टरनेट सेवा सञ्चालन

जुम्ला ः जुम्लाको गुठीचौर गाउँपालिकामा सिम्पलको फाइबर इन्टरनेट सेवा सञ्चालनमा आएको छ । गुठीचौर गाउँपालिकाको ५ नम्बर वडा कार्यालयसहित अन्य स्थानीय बासीको घरमा फाइबर इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।

गुठीचौर गाउँपालिका ५ नम्बर वडाको १५ लाख लागत साँझेदारीमा उक्त इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो । जुम्ला बजारहुदै फाइबरलाइन गुठीचौर गाउँपालिकाको ३ नम्बर वडा गज्यांकोट गाउँसम्म जडान गरिएको छ । ५ नम्बर वडाध्यक्ष चन्द्रबहादुर नेपालीका अनुसार अहिले यो वडामा ६१६ घरधुरी छन् ।
सवै घरधुरीमा लाइन विस्तार हुने गरी इन्टरनेटको फाइबर लाइन विस्तार भएको छ । यहाँका इच्छुक नागरिकले आवश्यकताका आधारमा आफ््््नो घरमा इन्टरनेट लाइन जडान गर्न सक्ने गरी लाइन विस्तार गरिएको हो । उनले भने अहिले वडापालिकाको सहयोगमा लाइन जडान भएपनि मासिक इन्टरनेट चार्ज भने स्थानीय आफैले तिर्नुपर्ने व्यवस्था रहेको छ ।
सिम्पलको फाईबर टु द होम ईन्टरनेट सेवा गुठीचौर गाउँपालिकाको ३, ४ र ५ नम्बर वडामा विस्तार गरेको छ । यस्तै चन्दननाथ नगरपालिका अर्थात जुम्लाको सदरमुकाम खलंगामा पनि सिम्पल फाइबर इन्टरनेट सेवाको लाइन विस्तार गरेको छ । डिवाइस भन्दा पनि फाइबर इन्टरनेट लाइन विस्तार भएपछि इन्टरनेट दृतगतिमा चल्ने गरेको स्थानीय बताउन्छन् ।
सिम्पल ईन्टरनेटले जुम्लाका आठ स्थानीय तह संगै साविक कर्णालीका ४ जिल्लामा समेत प्रभावकारी इन्टरनेट सेवा दिदै आएको छ । अहिले फाईबर टु द होम ईन्टरनेट सेवा सदरमुकाम केन्द्रित भएपनि आबश्यकता अनुसार गाउँगाउँमा समेत पुराइने छ ।
नेपाल टेलिकम भन्दा सिम्पलको ईन्टरनेट सेवा फाष्ट हुने अध्यक्ष प्रतिभा शाहीको दाबी छ । यदपी, नेपाल टेलिकमले क्षमता विस्तारको काम दुर्त गतिमा भईरहेको जनाएको छ ।

सम्बन्धित समाचार