शोक प्रस्ताव पारित

काठमाडौंः  प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद विदुर पौडले, मोतिप्रसाद पहाडी, हरिभक्त अधिकारी, कृष्णसिंह परियार, रत्नप्रसाद शर्मा र योगनारायण यादवको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो प्रस्ताव प्रस्तुत गरेका थिए ।

पारित प्रस्तावमा संविधानसभा सदस्य मोहम्मदी सिद्धिकी, शिवबहादुर खड्का रबनी चौधरी, तप्तबहादुर विष्ट र पशुपति चौलागार्इंको निधनप्रति दुःख व्यक्त गर्दै मौनधारणसहित श्रद्धाञ्जलि प्रकट गरिएको छ । सभाले शोकसन्तप्त परिवारजनप्रति अलगअलग शोक प्रस्ताव पारित गरी समवेदना व्यक्त गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक आजै १५ मिनेटपछि बस्ने गरी स्थगन गरिएको छ ।

सम्बन्धित समाचार