नहरको पानीले जग्गा कटान गरेको भन्दै गुठिचौर गाउँपालिकाको बिद्युत सेवा ३ दिनदेखी अबरुद्ध

जुम्ला ः गुठिचौर गाउँपालिकाका बिधुत सेवा अबरुद्ध भएको छ । भारी वर्षाका कारण नहरको पानीले जग्गा कटान गरेपछि दोचलगाड लद्यु जलबिद्युत आयोजनाको सेवा गएको ३ दिन देखि अबरुद्ध भएको हो । बिद्युतको नहरमा पानिको बाढी पस्दा सेवा अबरद्ध भएको गुठिचौर गाउँपालिका वडा नम्वर ३ का स्थानिय रत्नचन्द्र भण्डारी बताए । उनले भने जग्गामा पानि गइ जग्गा कटान गरि दिए पछि बिद्युत सेवा अबरुद्ध भएको हो ।
बिद्युतको नहर बाट आएको पानिले स्थानिय भण्डारीको जग्गा कटान गरि दिए पछि बिद्युत सेवा अबरुद्ध पारिएको स्थानिय रत्नचन्द्र भण्डारीको भनाइ रहेको छ । भण्डारीले आफ्नो जग्गामा आएको पानिले जग्गा मासि दिए पछि आफुले बिद्युत सेवा अबरुद्ध पारेको बताए । बिद्युतका आयोजनाका समितिले आफ्नो जग्गामा पानि नआउने गरि तडबन्दन नगरे सम्म बिद्युत सेवा अबरुद्ध पार्ने उनको अडान रहेको बतानु भयो । उनी भन्छन बिगतको सालमा पनि बिद्युतको नहरले आफ्नो जग्गामा कटान गरेको थियो । त्यति बेला दोचलघाट लघु जलबिद्युत आयोजनाको उपभोक्ता समितीको सहकार्यमा बिद्युत सेवा सञ्चालनमा आएको थियो ।
तर यो साल २ वटा स्याउका रुखै गए पछी अबरोध गर्न बाध्य भएको भण्डारीको बताए । भारी बर्षाका कारणले बिद्युतको नहर भन्दा बढि पानि आइ जग्गामा क्षेती पुर्याउदा बिद्युत सेवा अबरुद्ध छ ।

३ दिन देखि गाउँमा बिद्युत सेवा बन्द हुदा साबिकको गज्र्याङ्गकोट गा.बि.स का करिव ५ हजार भन्दा बढि जनसंख्या अध्यारोमा बस्न बाध्या भएका छन । बिद्युत सेवा अबरुद्ध भए पछि बिद्युत बाट गर्ने दैनिकि काम काजमा समेत असर परेको स्थानिय अनुकुल फ्रेस हाउसका प्रोपराइटर नबराज बुढाले बताए । उनले बिद्युत सेवा नभए पछि आफुले राखेको मासुमा नराम्रो गन्ध आउने गरेको सुनाएका भो । ब्यावपारी बुढाका अनुासर आज भोली गर्मी यामको समय भएकाल फ्रेस हाउमा राखेको मासु छिटो सडेर जाने गरेको छ ।
यता दोचलघाट लघु जलबिद्युत आयोजनाका अध्यक्ष तथा गोठिचौर गाँउपालिका वडा नम्बर ३का अध्यक्ष प्रेम बहादुर बुढाका अनुसार अब छिटो भन्दा छिटो जग्गा मालिक सँग सहकार्य र समन्वय गरेर बिद्युत सेवा सञ्चालनमा ल्याइने बताए । उनका अनुसार ३ दिन सम्म सबै नागरिकहरुमा परेको असुबिधाका लागी बिद्युत कार्यालय क्षामा आचना गर्दै अबको १ वा २ दिन भित्रमा सबैको घर आगनमा बिद्युत सेवा आउने बताए ।