जुम्लामा ७० प्रतिशत बालविवाह कायमै

जुम्ला–बालविवाह न्यूनीकरणका लागि जुम्लामा दर्जनौं संघसंस्थाले सचेतनाका कार्यक्रम गर्दै आएका छन् । केही ाउँपालिकाले पनि यो अभियान चलाएका ठुलो रकम खर्चेको पाइन्छ । सडक नाटकदेखि घरदैलोजस्ता कार्यक्रमहरु पनि बारम्बार भइरहेका छन् । तर, बालविवाह न्यूनीकरण हुन सकेको छैन । औपचारिकतामा सीमित चेतनामूलक कार्यक्रमले ग्रामीण क्षेत्रमा छुन नसकेको कारणले बाल विवाह न्युनिकरण हुन नसेको हो । आत्मा सम्मानका लागी सहकार्य क्याड नेपालले पनि प्लान नेपालको आर्थिक सहयोगमा जुम्लाको तिन पालिकामा पनी बालविवाह न्यूनीकरणका लागी कार्यक्रम भइरहेको छ । तर पनि ग्रामीण क्षेत्रमा बालविवाह बढी छ । २०६८ को जनगणनाअनुसार जुम्लाकोे कुल जनसंख्या एक लाख १८ हजार छ । जसमध्ये ५५ हजार ४ सय ४२ जना बालबालिका छन् । ७० प्रतिशत बालबालिकाले बालविवाह गर्ने गरेको एक तथ्यांकले देखाएको छ ।

तर बालविवाह विकराल बन्दै छ ।आत्मा सम्मानका लागी सहकार्य क्याड नेपाल जुम्लाका अनुसार कर्णाली प्रदेशको सबैभन्दा कम डोल्पामा ४९ प्रतिशत र सबै भन्दा बढी रुकुम पश्चिममा ७१ प्रतिशत बालविवाह हुने गरेको छ । जुम्लामा ७० प्रतिशत बालविवाह गरेको छ । हुम्लामा ५२, मुगुमा ५७, कालिकोटमा ५९, जाजरकोटमा ६५, सुर्खेतमा ६८, सल्यानमा ६९ र दैलेखमा ७० प्रतिशत बालविवाह हुने गरेको आत्मा सम्मानका लागी सहकार्य क्याड नेपाल जुम्लाका परियोजना अधिकृत जयलक्ष्मी चौलागाइले बताइन । उनले भनिन , जुम्लाका विभिन्न मिडियामा कार्यरत्त पत्रकारले बालविवाह न्यूनीकरणका लागी अभियानकै रुपमा लाग्न अनुरोध गरिन । उनले थपिन कर्णाली प्रदेशका १० जिल्लामध्ये जुम्ला बालविवाह गर्ने तेस्रो स्थानमा रहेको छ ।
जुम्लामा बालविवाहकै कारण १९ वर्षमुनिका ३३ प्रतिशत बालिका गर्भवती हुने गरेको पाइएको छ । यसले उनीहरूको स्वास्थ्य र शिक्षामा मुख्य असर पारेको छ भने कतिपय बालिकाको गर्भावस्थामै मृत्युसमेत हुने गरेको छ ।“गाउँमा २० वर्ष नपुग्दै बिहे गरी बच्चा जन्माएर जन्मदर्ता गर्न आउँछन । सरकारले बालवविवाह न्युनिकरणको लागी कडा कानुन निमार्ण गरेको छ । जसका कारण बच्चाको जन्मदर्ता नदिदा ,सरकारी सुविधाबाट वञ्चित भएका छन ।
बालविवाह नै बहुविवाहको जहर हो
बालविवाहकै कारण बहुविवाह र सम्बन्धविच्छेदका घटना बढेको मानवअधिकार आयोग जुम्लाका सुचना अधिकारी किरण बरामले बताए ।उनले भने मानव अधिकारको दृष्टिबाट हेर्ने हो भने , उनीहरुको अस्था विकराल छ । बालविवाहकै कारण किशोरीको स्वास्थ्य अबस्था ,लगायत उनीहरुले मानव अधिकारको प्रत्याभुती नै गर्न पाएका छैन । गाउँमा बालविवाह हुने गरे पनि उजुरीका रूपमा मुद्दा नआउने गरेको जुम्लाका डीएसपी दान बहादुर थापा बताउँछन । बालविवाह न्यूनीकरणका विषयमा जनप्रतिनिधि र स्थानीय सरकार सक्रिय नबनेकाले पनी बालविवाह न्यूनीकरण हुन सकेको हो । बालविवाह अन्त्यका लागि विभिन्न नीति स्थानिय सरकारले नितितथा कार्यक्रम ल्याउन आबश्यक छ ।

 

सम्बन्धित समाचार