मन्दिरको जग्गा अतिक्रमण गर्नेहरुको नाम सार्वजनिक,एक हप्ताको अल्टिमेटम

कर्णालीकै प्रशिद्ध चन्दननाथ भैरवनाथ गुठि समितिले मन्दिरको जग्गा अतिक्रमण गर्नेहरुको नाम सार्वजनिक गरेकोछ । गुठि समितिका उपाध्यक्ष कालीबहादुर थापाको संयोजकत्वमा बनेको उपसमितिले २०७१ जेठ २५ गते गुठि समितिलाई जग्गा अतिक्रमण गरिएको बारे प्रतिवेदन पेश गरेका थिए ।
यही असार ७ गते बसेको गुठि समितिको बैठकले चन्दननाथ भैरवनाथ गुठिको नाममा नापचाँज भएको जग्गामा आफु खुसि अतिक्रमण गरि घर,टहरा,शौचालय आदि निर्माण गरेकोले एक साता भित्र मन्दिरको जग्गा खाली गरिदिनको लागि अल्टिमेटम दिएको छ ।
तोकिएको समयभित्र घर जग्गा खाली नगरेको खण्डमा कानुन बमोजिम अघि बढ्ने चेतावनी दिएको छ । मन्दिरको जग्गा अतिक्रिमण गर्ने व्यक्तिको नाम समेत सार्वजनिक गरेको छ । पटक पटक समितिले ताकेता लगाउँदा अटेर गरेकोले यो अन्तिम पटक आग्रह गरिएको गुठि समितिका उपाध्यक्ष रत्नचन्द्र उपाध्यायले जानकारी दिए ।
गुठि समितिले सार्वजनिक गरेको नामावली यसप्रकार छ

सम्बन्धित समाचार