एमाले विवादः कार्यदलको बैठक दिन दिनै प्रगति शुन्य वार्ता 

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक बिना निस्कर्ष टुङ्गीएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहीबार दुई पटक बसेको बैठकबाट कुनै निस्कर्ष निकाल्न सकेन ।
बैठक पछि पनि एमालेका दुई पक्षले दुई थरी कुरा गरेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कार्यदलका संयोजक

सुवानेम्वाङले भोलिको बैठकबाट निस्कर्ष निकाल्ने बताए । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्य घनश्याम भुसालले भने १० दिन देखि कुनै प्रगति नभएको बताए ।

‘नेम्वाङले भने ‘‘भोली साढे ११ बजे बस्ने बैठकलब ाटटुंगोमा पुर्याउने छ । हामी आशावादी छौ’नेता घनश्याम भुषालले १० दिनअघि एमाले विवाद जुन अवस्थामा थियो त्यो भन्दा बढि थप कुनै प्रगति नभएको बताए । ‘हामी जहाँको त्यही छौ । आजको बैठकमा एक ढंगले कुरा गर्ने तयारी थियो । तर विष्णु पौडेल आउनुभएन । अनि विषयमा प्रवेश गर्न पाइएन’ भुसालको भनाई छ ।

यसैबीच माधव नेपाल पक्षका नेताहरुले ओली पक्षका नेताहरु वार्ताका लागि इमानदार नदेखिएको आरोप लगाएका छन् । कार्यदलको बैठकपछि एक नेताले रातोपाटीसँग भने( ‘उहाँहरुमा पार्टी एकताप्रति कुनै रुची देखिएन, यसो उसो गरेर सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न र पाँच दलीय गठबन्धनमा अविश्वास सिर्जना गर्न खोजेजस्तो मात्रै देखियो ।’

ओली पक्षले कार्यदलमा कुनै एजेन्डा नै प्रस्तुत गर्न नसकेको नेपाल पक्षका नेताहरुको आरोप छ । आज गृहकार्य गरेर साँझ ७ बजे बैठक गर्ने भनिए पनि ओली पक्षले सहमतिको कुनै प्रस्ताव नल्याएको र विष्णु पौडेल वार्ताबाटै भागेको नेपाल पक्षका नेताले बताए ।