सुनौला हजार दिनका आमालाई सचेताना कार्यक्रम

जुम्ला ःसुनौला हजार दिनका आमालाई सचेताना दिइएको छ ।गठिचौर गाउपालीका  ५ नम्वर वडाको फोईगाउका गर्भवती महलिालाई पोषण सम्बन्धि  अभिमखिकरण गोष्ठी गरिएको हो  । गोठीचौर भित्रका सुनौला हजार दिनका आमालाई पोष्ण सम्बन्धी तालिम दिईएको छ ।सुनौला हजार दिनका आमासँग उपमेयर कार्यक्रम अन्तर्गत नगरपालिकाले गर्भदेखि २ वर्षसम्मका बच्चा भएका आमाहरुलाई फिल्टरसहित फलफूल र अण्डा वितरण गरेको हो ।

देपालगाउ स्वास्थ्य चौकीका कार्यक्रम ब्यवस्थापक  देवानन्द तिमिल्सेनाले बताए । उनले भने , नवजात शिशु र गर्भवती तथा सुत्केरी आमाको स्वास्थ्य सुर्धाने सुनौला हजार दिनका आमाको पोषणका लागि सचेतना कार्यक्रम गरिएको हो । हरेक बार खाना चार अभियान, आयोडिन युक्त नुन वितरण, पोसिलो पीठो, लगायतका परिकार खान सुझाव हो ।    महिलाहरुलाई प्रजनन् शिक्षा सम्बन्धी सचेतना दिइएको छ ।

यसबाट  सुनौला हजारदिनका आमाको पोषण अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ । गोष्ठीमा सहभागी तारा देबि आचार्यले भनिन ,गर्भवती देखापर्ने  समस्या  र खतराका लक्षण बारे जानकारी पाएका छौ ।उनले भनिन गर्भअबस्थामा हरीयो सागपात,गेडागुडीको,माछा मासु अण्डा जस्ता झोलिला तथा पोसिला खाने कुरा  आमा र बच्चको स्वास्थ्य अबस्था राम्रो हुन्छ  भन्ने कुराको ज्ञान पाउदा हर्षित भएका छौ  । सबै  गर्भवती महिलालाई  स्वास्थ्य चौकीमा  नियमित गर्भ जाँच गराउन र  तालिम प्रप्त स्वास्थ्य कर्मीबाट सुत्केरी हुन अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार