हिमाको आगामी बजेट ३७ करोड ः सुत्केरी कोष , छोरी बुहारी जस्ता कार्यक्रमलाई प्रथामिकता दिइने

जुम्ला ः जुम्लाको हिमा गाउँपालिकाले आगामी आव २०७८÷८९ का लागि ३७ करोड १८ लाख २८ हजारको अनुमानित बजेट सार्वजानिक गरेको छ । पालिकाले सुत्केरी कोष , छोरी बुहारी , नागरिक संग न्यायिक समिती जस्ता कार्यक्रमलाई प्रथामकितामा राखेको हो । पालिकाको नवौ गाउँसभाबाट कृषि शिक्षा,रोजगार,लक्षित वर्गको उत्थान,हिलोमुक्त वडा निर्माण तथा जेष्ठनागरिकको सुरक्षाका विषय बस्तुलाई प्रथामिकता दिदै ३७ करोड बढीको बजेट ल्याएको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले बताईन ।उनले भनिन , कुल अनुमानित बजेट मध्य पुगिजग तर्फ ९ करोड र सर्सत,निर्सत, विशेष अनुदान गरी चालु तर्फ २८ करोड विनियोजन गरिएको हो ।

उपाध्यक्ष रोकायाका अनुसार नीति तथा कार्यक्रममा कृषि,शिक्षा, रोजगार पर्यटन लगायतका विभिन्न कार्यक्रमहरु कार्यान्वयनका लागि अनुमानीत बजेट विनियोज भएको छ । उपाध्यक्ष रोकायाले थपिन ,“अहिले ३७ करोडको डल्लो बजेट मात्रै सार्वजानिक गरेका हौ । शिर्षक अनुसारको ब्रेक डाउन हुन अझै बाँकी छ ।
प्रथामिकताका विषयबस्तुमा बजेट घटबट हुने छ । भने, नीति कार्यक्रम तथा बजेट माथि गहन छलफल चलाईने भएको छ ।

हिमा गाउँपालिकाका अध्यक्ष रज बहादुर शाहिले शिक्षा,कृषि,सामाजिक सुरक्षा तथा रोजगारका विषयलाई प्रथामिकता दिदै आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरको बताए । उनले पलिका भित्रका स्वयम सेवक शिक्षकहरुलाई विद्यार्थीको चाप अनुसार दरबन्दी मिलान गर्ने, आवासिय विद्यालय संचालनलाई निरन्तरता दिने बताए ।
उपाध्यक्ष रोकाया भन्छिन ,शिक्षा सिकाईमा जोड दिने,लक्षित वर्गको उत्थान गर्ने, रोजगारी सृजना गर्ने, महिला, बालबालिका जेष्ठ नागरिकको राहत कोष खडा गर्ने लगायतका नीति तथा कार्यक्रम ल्याइएको छ ।

विशेष प्रथामिकताका साथ हिमाका केहि वडालाई आगामी आव भित्र हिलोमुक्त वडा निर्माण गर्ने नीतिलाई अघि सारिएको छ । गाउँका सबै गोरेटा बाटाहरुलाई आरसिसि गरेर हिलो मुक्त बनाईने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । हिमाको नवौ गाउसभालेव्यवसायीक कृषि गर्ने अनुदान,कोभिडले रोजगारी गुमाएकालाई रोजगारी,दुर्गम बस्तीमा सडक निर्माण गर्ने लगायतका नीति कार्यक्रमहरुलाई जोड दिइएको छ ।

सम्बन्धित समाचार