बजेटमाथिको छलफल गर्न बसेको संसद बैठक एमालेद्वारा अबरुद्ध

सुर्खेत । कर्णाली प्रदेशसभाको आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि प्रदेश सरकारले ल्याएको बजेटमाथिको छलफल गर्न बसेको बैठक संचालन नहुँदै एमालेले अबरुद्ध पारेको छ । गत असार १ गते कर्णाली प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले कर्णाली प्रदेशसभाको आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि प्रदेश सरकारको बजेट पेश गरेका थिए ।
बजेट पेश भएको १० दिनसम्म पनि बजेटमाथिको छलफल सत्ता र प्रतिपक्षीबीचको कलहका कारण बजेटमाथिको छलफल सुरु हुन नसकेको छैन् ।
बजेट सार्वजनिक गरेर गत २ गते बुधबार दिउँसो २ बजे बस्ने गरी स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक बस्दै नबसी १० दिन बितेका छन् ।
प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूले विषयगत मन्त्रालयको बजेटको किताब उपलब्ध नगराएसम्म संसद् सुरु हुन नसक्ने भनेपछि बैठक स्थगित गरिएको बैठक शुक्रबार सरकारले रातो किताव ल्याएपछि पुनः आज शुक्रबार बसेको बैठक एमाले पुनः अबरुद्ध पारेको हो ।
शुक्रबार बैठकमा सभामुख राजबहादुर शाहीले बैठक सुचारु भएको जानकारी दिएपछि एमालेका प्रमुख सचेतक गुलावजंग शाहले एमालेका सांसद सरकारमा रहेको उनीहरुले प्रदेश सरकारबाट हटाउन माग गरेका थिए । ‘बाहिर एमालेपनि सरकारमा सामेल भएको हल्ला छ ।’ उनले भने,‘हाम्रो दलको नेताले भनेको कुरा प्रदेश सरकारले मानेनन् ।’
दलिय व्यवस्था अनुसार एमाले सरकारमा सामेल नभएको एमालेका सांसदहरु सरकारमा रहने वा राख्ने कुनै नैतिकता नभएका कारणले संसद बैठक चल्न नदिने सचेतक शाहले बताए ।
बजेटमाथिको छलफल जस्तो गम्भीस् बिषय भएका कारणले सांसदहरुलाई बस्न सभामुख शाहीले आग्रह गरेका थिए । तर, सांसदहरु बस्न नमानेपछि सभामुख शाहले अर्को बैठक असार १३ गते आइतबार दिउँसो दुई बजेसम्मका लागि स्थगित भएको छ ।

सम्बन्धित समाचार