सरोकारवालाले पहिरो हटाएपछि अबरुद्ध जुम्ला सडक खण्ड खुल्यो

जुम्ला ः अविरल वर्षाले आएको पहिरोले गर्दा अवरूद्द भएको जुम्ला सडक खण्ड सञ्चालनमा आएको छ। राजमार्गको विभिन्न भागमा पहिरो जाँदा अबरुद्ध भएको थियो ।कर्णाली राजमार्गको कालिकोट खण्डको अधिकांश ठाँउ तथा जुम्ला खण्डको केहि भागमा पहिरोले सडक अबरुद्ध हुँदा आवत जावत बन्द भएको थियो । सडक डिभिजन कार्यालय जुम्लाको सक्रियता तथा जिल्ला प्रशासन,जिल्ला समन्वयन समितिको लगायत सबै सुरक्षा सुरक्षा निकायको पहलमा शुक्रबार राती ९ बजेनै कर्णााली राजमार्गको जुम्ला खण्ड शुचारु भएको थियो ।
जुम्लाको रारालिही र नाग्म बिचमा ठुला ढुंगा खसेपछि अवरुद्ध भएको राजमार्गको निरन्तर पहिरो पन्छाएपछि शुक्रबार रातीनै सडक सुचारु भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।यता सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीला बहादुर भण्डारीका अनुसार कर्णाली राजमार्गको कालिकोटको दैखोलादेखि जुम्लातर्फको सडक सूचारु भएको छ । सडक डिजिभन जुम्लाका ३ र नीजि ४ वटा गरी ७ वटा मेसिन निरनन्तर प्रयोग गरेर राजमार्ग सुचारु भएको प्रमुख भण्डारीका भनाई छ ।

सम्बन्धित समाचार