कालिकोट र जुम्लाको सिमानामा हेल्थ डेस्क स्थापना , डिसीसीएमसीले ग¥यो अनुगमन

दिलमाया शाही
जुम्ला ः जुम्ला र कालिकोटको सिमाना नाग्म बजारमा हेल्थ डेस्क स्थापना गरिएको छ । कोरोना संक्रमणदर बढेको भन्दै जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जिल्लाबाहिरबाट जुम्ला प्रवेश गर्नेहरुको चेकजाँचका लागि हेल्थ डेस्क स्थापना हो अहिले हरेक स्थानीयतहमा हेल्थ डेस्क स्थापना त भएका छन । तर प्रभावकारी देखिएको छैन । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले भने,‘अब हरेक जुम्ला भित्रिने नागरिकको तथ्यांक राखिनेछ । तापक्रम जाँच गरिनेछ । शंकास्पद व्यक्ति भेटिएको खण्डमा एन्टीजोन जाँच गरेर स्वास्थ्य परिक्षण समेत गर्ने व्यवस्था छ ।’ कोभिड १९ संकट व्यवस्थापन केन्द्रको टोली नै नाग्म पुगेर हेल्थ डेस्क राखिएको सापकोटाले जानकारी दिए ।
कोरोना पोजेटिभ देखिएको खण्डमा स्थानीयतहको समन्वयमा आइसोलेसनमा पठाइने छ । नेगेटिभ देखिएको खण्डमा घर पठाइनेछ । प्रमुख सापकोटाले भने,‘अब नियमित दुई जना स्वास्थ्यकर्मी खटिनेछन । उनले भने‘सिमानामा व्यवस्थित हेल्थ डेस्क बनाउन सकेको खण्डमा कोरोना संक्रमण रोक्न सकिने अवस्था छ । ’
अहिले सुर्खेत, नेपालगंज हुदै जुम्ला आउने क्रम बढ्दो छ । हेल्थ डेस्क नहुँदा सिँधै घर जाने गरेका छन । यसले कोरोना संक्रमणको उच्च जोखिम हुने खतरा छ । उनले भने,‘अब सिमानमा प्रवेश गर्ने वित्तिकै कडा रुपमा निगरानी हुनेछ । ’
जुम्लामा निषेधाज्ञाको अनुगमन, गर्दै हेल्थ स्थापना गर्न जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, नेपाली सेना श्री २४ नम्बर बाहिनीअड्डाका बाहिनीपति सहायकरथी यमबहादुर सापकोटा,गणपति दिवाकर रायमाझी,डिएसपी दानबहादुर थापा सहितको टोली नाग्म बजार पुगेको थियो ।  प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने,‘जुम्लामा कडा निषेधाज्ञा छ । अब सिमानामा पनि कडाई गर्न जरुरी छ ।

सिमानाको उच्च निगरानीको लागि हेल्थ डेस्कले महत्वपुर्ण काम गर्ने छ । स्वदेश तथा विदेशबाट फर्किएका जुम्लाबासीको एकिन तथ्यांक संकलन गरेर निगरानी गर्न सहज हुनेछ । ’प्रमुख जिल्ला अधिकारी सहितको टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको स्वास्थ्य सेवाका बारेमा अनुगमन गरेको पाइएको छ । टोलीले प्रतिष्ठानमा जडित अक्सिजन प्लान्टको पनि अनुगमन गरेर जानकारी लिइएको हो ।
अहिले प्रतिष्ठानको अक्सिजन प्लान्टले २४ घण्टामा ८ सिलिण्डर भर्दै आइराखेको छ । प्लान्टबाट १ सय ५० बेडमा अक्सिजन जोडिएको छ ।

प्रतिष्ठानका प्रशासकीय अधिकृत द्धन्द्धबहादुर शाहीले अक्सिजन प्लान्टको क्षमता २४ घण्टामा ९६ सिलिण्डर गर्ने हो । तर बुस्टर कम क्षमताको भएकोले अक्सिजन उत्पादन हुन सकेको छैन ।अनुगमन टोलीले अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादनका लागि बुस्टर खरिद गर्न आग्रह गरेको छ । कोरोना संक्रमणको अवस्थालाई मध्येनजर गर्दै आइसोलेसन १२० बेड, आइसियु १५, भेन्टिलेटर १२ रहेको छन । प्रमुख जिल्ला अधिकारी थापा सहितको टोलीले खलंगा देखि नाग्म सम्मको निषेधाज्ञाको अवस्था अनुगमन गरेको छ ।

 

सम्बन्धित समाचार