पातारासीमा राहतको चामल हिनामिना नभएको प्रष्टिकरण

जुम्ला ः पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले अघिल्लो बर्ष पहिलो लहरको कोरोना संक्रमण बेला नागरिकलाई वितरण गर्न ल्याएको राहतको चामल र नुन हिनामिना नभएको प्रष्टिकरण गरेका छन् । उनले नागरिक, चन्दनाथ बहुउद्देश्यीय सहकारी, जनप्रतिनिधि र पत्रकारको उपस्थितिमा गरिएको छलफलमा राहतको चामल हिनामिना नभएको प्रष्टिकरण गरेका हुन् । उनले भने सहकारीसँग हरहिसाव गरौँला । अहिले कोभिडको बेला छ । फरक प्रसंगको कुरा नगर्नु भनेको हुँ ।त्यस्तै गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले राहत वितरणको चामल र नुन हिनामिना भएको र उक्त हिसाव किताब किन नमागिएको भन्दा अध्यक्ष बोहराले दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । पातारासी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढाका अनुसार अघिल्लो बर्षको कोरोना संक्रमणको बेला नागरिकलाई राहतका लागि खाद्य संस्था र साल्टटेड्रिङ सरकारी कार्यालयबाटै चामल र नुन खरिद गरिएको हो । उनले भने खरिद गरिएको राहत पहिलो चरण सवै नागरिकलाई वितरण गरिएको बताए । उनले दोस्रो चरणमा सवै नागरिकलाई राहत वितरण गर्नका लागि अपुग भएको र जनप्रनिधिले नै कुन कुन व्यक्ति तथा घरधुरीलाई राहत उपलव्ध गराउने तथ्यांक एकिन गर्न सकेनन् ।
दोस्रो चरणमा राहत वितरण हुन नसकेको चामल र नुन बच्यो । बचेको चामल र नुन सुपथ मुल्य पसलबाट विक्री वितरण गर्ने र अतिविपन्न व्यक्ति कोही सम्र्पकमा आए निशुल्क पनि वितरण गर्ने उद्देश्यका साथ कार्यपालिकाको बैठकले निर्णय गरी चन्दननाथ बहुउद्देश्यीय सहकारी र हिमालयन बहुउद्देश्यीय सहकारीले सञ्चालनमा ल्याएका सुपथ मुल्य पसललाई दिएको उनले बताए । उनले भने चामल हिनामिना केही भएको छैन । सहकारीले मुनाफारहित विक्री गिरी रकम गाउँपालिकालाई फिर्ता गर्ने गरिदिएको हो । पालिकासँग हिसाव किताव प्रष्ट छ ।
उपाध्यक्ष महताराले लामो समयसम्म राहत चामल नुनको हिसावकिताव किन नभएको हो र सहकारी किन हिसाव नबुझाएको भन्दा बैठकमै टेबुल ठोकेर दुव्र्यवहार गरिएको बताइन् । उनले भनिन , पटक पटक कुरा उठाउदा समेत सुनुवाई भएन ।
चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले गाउँपालिकाबाट गएको मंसिर २४ गते अनुदानको लागि आएको चामल वडाहरुमा बाँडे पछि बचेको जिरा मसिना चामल २५ प्याक, सोना मन्सुली चामल ५७ प्याक, अरुवा मोटो चामल ८१ प्याक, स्टार चामल २४ प्याक र ८१ कुइन्टल नुन सरकारीले सुपत पसल मार्फत विक्री गर्न कार्यपालिका निर्णय अनुसार लिएको हो ।
सहकारीका प्रबन्धक रत्नराज शाहीले गाउँपालिकाको अनुदानको चामल वितरण पछि कुहिन थालेपछि गाउँपालिकाको निणर्य अनुसार सहकारीको पसलमा बिक्रीका लागि दिएको र केही गाउँपालिकाको सिफारीसका आधारमा वितरण गरिएको बताए ।उनले भने ,ढुवानी वाफतको रकम पनि गाउँपालिकाबाट लिन बाँकी रहेको र १२ बोरा चामल गाउँपालिकाकै पदाधिकारीको सिफरीसमा विपन्न वर्गलाई वितरण गरिएको हो,’ चामल र नुन विक्री गर्न अझै बाँकी छ । चामल र नुन विक्री गरीसकेपछि पालिकालाई हिसावकिताव बुझाउने सम्झौता भएकाले पनि ढिलो भएको हो । अब बाँकी रहेको चामल र विक्री गरेको रकम पनि तत्कालिन फिर्ता गर्ने तयारी गरेका छौँ ।








