जुम्लामा भारतीय दुतावासको सहयोगमा पुन निमार्ण गरिएको जलविद्युत उद्घाटन
जुम्ला ः भारतीय दुतावासको सहयोगमा बनेको जुम्लाको साना जलविद्युतको भर्चुअल कर्याक्रम बाट उद्घाटन गरिएको छ । बुधबार जुम्लाका संविधानसभा सदस्य तथा पहलकर्ता ललितजङ शाही र भारतीय दुतावासका प्रमुख सचिव करुण बंशलले सयुक्त रुपमा भर्चुअलमा उद्घाटन गरेका हुन । २०४० सालमा निर्माण भएको विद्युत जीर्ण बन्दै गएपछि भारतीय दुताबासको साहयोगमा पुर्ननिर्माण गरिएको थियो । पुर्ननिर्माणको लागि दुताबासले २ करोड ६३ लाख ७७ हजार रुपैयाँ सहयोग गरेको थियो । त्यो रकमले विद्युतको दुइवटा जेनेरेटर खरिद गरिएको थियो । अहिले विद्युतगृहमा रहेका दुबै जेनेरेटर चलिरहेको विद्युत प्राधिकरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेले बताए । अहिले २ सय २० किलोवाटको क्षमता रहेपछि १ सय ६५ किलोवाट विद्युत बलिरहेको छ । विद्युत पुर्न निर्माणको जिम्मा भारतीय पारसी कम्पनीले लिएको थियो ।
त्यस्तै संविधानसभा सदस्य ललितजङ शाहीेले भारतीय सरकारको तर्फबाट राजदुताबासको माध्यमबाट विद्युत पुर्ननिर्माणमा गरिएको सहयोग उपलब्धिपुर्ण रहेको बताए । उनले भने,‘भारत सरकारले यहाँको विद्युत मात्र होइन । शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि लगानी गरेको छ । करोडौका संरचना निर्माण भएका छन । यो भारत नेपालको विकास साझेदारीमा एक उदाहरण हो । शाहीले ,यो पुर्न निर्माणले यहाँका सेवाग्राहीलाई थोरै भएपनि राहत महसुस गराएको प्रतिक्रिया दिए । त्यस्तै भारतीय दुतावासका प्रथम सचिव करुण बंशलले कर्णालीको जुम्लामा रहेको विद्युतमा लगानी गर्न पाउनु भारत सरकारको अवसर भएको बताए । उनले भने,‘जुम्लामा विकास गर्न पाउनु भारत सरकारको अवसर हो । यो सहयोगले जीर्ण भइसकेको विद्युतले पुर्णता पाएको छ । दृढ संकल्प सहित काम भएको छ । निरन्तर प्राविधिक सहयोग रहिरहन्छ । गुणस्तरीय सुधार भएकोमा दुतावास खुसि छ । यो भारत नेपालको विकास साझेदारको अमुल्य प्रतिक हो । ’
त्यस्तै जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले जुम्लाबासीको आग्रह बमोजिम भारत सरकारले विद्युतमा लगानी गरेर पुर्न निर्माणको काम गरिदिएकोमा खुसि ब्यक्त गरे । उनले भने , भारत सरकारले विद्यालय ,एम्बुलेन्स र विद्युतमा लगानी गरेको छ । यो निकै राम्रो पक्ष हो । ’
उनले,‘आगामी दिनमा थप सहयोगको अपेक्षा गरेका छौँ । त्यस्तै ’जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले भारतले विद्युतमा गरेको लगानी निकै सान्दर्भिक भएको बताए । कर्णालीको शिक्षा,स्वास्थ्य र विद्युत क्षेत्रमा भारतको चासो प्रति खुसि व्यक्त गरे । उनले भने,‘तत्कालिन थोरै घरका लागि निर्माण भएको विद्युत जीर्ण हुदै जाँदा समस्या भएको थियो । अहिले पुर्ननिर्माणले थोरै भएपनि राहत मिलेको छ । भारत सरकारको सहयोग प्रति जुम्लाबासी क्रृणि नै छन ।’
जुम्लाको विद्युतको मेसिन २०४० सालमा ज्योति कम्पनकोे थियो । २०६४ सालमा साना जलविद्युत उपभोक्ता समितिले जिम्मेवारी लिएको थियो । मेसिनको क्षमता ह्रास हुदै गयो । सेवाग्राही बढ्न थाले ।
विद्युत लोड कम गर्न सिएफएल चिमको अवधारणा ल्यायो । त्यहीले पनि जुम्लाको विद्युतको समस्या समाधान भएन , साना जलविद्युत उपभोक्ता समितिका अध्यक्ष बिष्णु बढ्थापाले भने ,संसद ललितजंङ शाहीको कार्यकालमा एलइडी बल्वको अवधारणा अघि बढ्यो ।
संसद विकास कोषको २० लाख रुपैयाँ र साना जलविद्युत उपभोक्ता समितिको ५ लाख रुपैयाँमा प्रतिघर ४ वटा बल्व निशुल्क बाँडियो । तर पनि विद्युत समस्या समाधान हुन सकेन ।बढ्थापाले भने,‘पछिल्लो पटक मेसिन परिवर्तनका बिषयमा पहल गर्न थाल्यौँ । मेसिन खरिद गरिदिनको लागि भारत सरकार संग बजेट माग गर्यौँ । मर्मत संभारका लागि साथ दिन आग्रह गरयौँ । फलस्वरुप भारतीय राजदुतावासले रकमको व्यवस्थापन गरियो । अहिले पुर्न निर्माणको काम सकियो । ’ त्यस्तै विद्युत प्राधिकरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेले पुर्न निर्माण पछि विद्युत सेवा प्रवाहमा सुधार भएको बताए । उनले भने,‘जेनेरेटर पुर्न निर्माण भइसकेको छ । खडेरीले पानीको बहाफ कम भएपछि सोचे जति विद्युत दिन सकिएको छैन ।’ बिधुतको क्षमता कम छ तीन हजार बढी ग्राहक छन ।









