जुम्लाको कोरोना संक्रमणको अवस्था बारे बनमन्त्री आलेको चासो

जुम्ला ः नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रेम आलेले जुम्लाको कोरोना संक्रमणको अवस्थाको बारेमा जानकारी लिएका छन । उनले प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा संग टेलिफोन मार्फत जुम्लाको कोरोना संक्रमणको अवस्थाको बारेमा जानकारी लिएका हुन । बनमन्त्री आलेले जुम्लाको स्वास्थ्य अवस्था र कोरोना रोकथाम तथा नियन्त्रणका बारेमा जानकारी लिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा समाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ ।प्रमुख जिल्ला अधिकारी थापाले वनमन्त्री संगको कुराकानीमा कोरोना संक्रमितको संख्या, रोकथाम र नियन्त्रणका लागि उपलब्ध पुर्वाधारका बारेमा भएको बताए । प्रजिअ थापाले , कोरोना संक्रमण फैलन नदिन गरिएका प्रयासका बारेमा जानकारी दिदै यहाँ आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउन माग राखेका छन । उनले भने ,तत्कालका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ६०÷६० अक्सिन सिलिन्डर भर्ने क्षमताका २ वटा बुअस्टरको व्यवस्थापन गर्न माग राखेका हुन ।

अक्सिजन प्लान्टमा विद्युत आपुर्ति समाधान गर्न ३५० केभी को जेनेटरको व्यवस्था गरिदिन समेत माग गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । उनले ,दिर्घकालमा एउटा अक्सिजन प्लान्ट एवं ३ हजार जति आर टि पिसीआर र एन्टिजिन किट लगायत स्वास्थ्य साम्रगीहरु उपलब्ध गराईदिन आग्रह गरिएको बताए । उनले वन मन्त्रीज्यूको पहलवाट यथाशीघ्र माग बमोजिम साम्रगीहरु उपलब्ध हुने आशा समेत ब्यक्त गरेका छन ।वनमन्त्री आलेलाई सरकारले कर्णाली क्षेत्रको कोरोना संक्रमणको अवस्था बुझ्ने जिम्मेवारी दिएको हो । जुम्लाका प्रमुख जिल्ला अधिकारी थापाको स्वास्थ्य अवस्था निकै प्रतिकुल छ । प्रजिअ थापाले आफ्नो स्वास्थ्य अवस्था प्रतिकुलताका बीच समन्वयकारी भुमिका निर्वाह गरिरहेका हुन ।